एप्पलले रोजगारी कटौती गर्ने «

एप्पलले रोजगारी कटौती गर्ने

वासिङटन्-एप्पलले केही विभागमा कर्मचारी लिने क्रमलाई कम गरेका छ । आईफोनको बिक्रीमा लगातार गिरावट आएकै समयमा एप्पलको यस्तो निर्णय आएको विषयसँग जानकार स्रोतलाई उद्र्धृत गर्दै ब्लूमबर्गले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत टिम कुकले कर्मचारहिरुलाई सुस्त अवस्थाको जानकारी गराएको एक दिन पछि यस्तो जानकारी सार्वजनिक भएको हो । उनले आईफोनको बिक्री ओरालो लागेको पत्र लगानीकर्ताहरुलाई समेत पठाएका छन् । विशेषगरी चीनमा आईफोनको बिक्री ओरालो लागेको छ । रोजगारी कटौतीबाट कुन विभाग प्रभावित हुन्छ भन्ने विषयमा कुकले हालसम्म केही पनि बताएका छैनन् ।
यो विषयमा टिप्पणी गर्न एप्पलले अस्वीकार गरेको छ ।
यसै महिनाको सुरुमा एप्पलले आर्थिक वर्षको पहिलो त्रैमासमा बिक्री प्रक्षेपणलाई घटाएको थियो । चीनको आर्थिक अवस्थामा देखा परेको कमजोरीका साथै आईफोनको निराशाजनक बिक्रीका कारण एप्पलले बिक्री प्रक्षेपण घटाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्