सिटिजन्स र एक्सिस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता «

सिटिजन्स र एक्सिस बैंक, भारतबीच रेमिट्यान्स सम्झौता

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारतकाबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । यस सम्झौताबमोजिम एक्सिस बैंक लिमिटेडमार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरूले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रूपमा सिटिजन्स बैंकको नेपालभर रहेका ८१ वटा शाखाबाट सहज रूपमा भुक्तानी पाउन सकिने बैंकले जनाएको छ । बैंकले यसअघि कतारको दोहा बैंक, यूके कोक्यास्को फाइनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाइनान्सियल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यूएईको अलअहलिया मनी एक्सचेन्जब्यूरो, अलअन्सारी एक्सचेन्ज, एक्सप्रेस मनी सर्भिसेस, अलदहाब एक्सचेन्ज र अल्फा एक्सचेन्जसँग सम्झौता गरी ती विप्रे्रषण कम्पनीहरूबाट बैंकिङ प्रणालीमार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरू तथा सहायक प्रतिनिधिहरूबाट गर्दै आइरहेको छ ।
यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरूसँग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरूबाट वेस्र्टन युनियन, मनी ग्राम, आईएमई, प्रभु मनी, हिमाल रेमिट, सिटिएक्सप्रेस, रिलायबल रेमिट, जेएमई, नेपाल रेमिट, इजिलिङ, जीएमई रेमिट, पृथ्वीएक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस, आइपे रिलायबल, बुम रेमिट, ओभरसिज रेमिट, सिजिमनिर मुक्तिनाथ रेमिटबाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्