Logo

सञ्चार उद्यमी महेन्द्र शेरचनको निधन

संविधानसभाका सदस्य एवं राजधानी न्युज पब्लिकेसनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा असामयिक निधन भएको छ । कोरोना भाइरस संक्रमित भएर नेपाल एपीएफ अस्पताल, बलम्बुमा उपचाररत शेरचनको बुधबार साँझ भएको निधनले सञ्चार क्षेत्रले एउटा अनुभवी र आदर्श अभिभावक गुमाएको छ ।


२० वर्षअघि लोकप्रिय राजधानी दैनिकको प्रकाशकका रूपमा देखा परेका शेरचनले नेपाली छापा पत्रकारिताको विकास र उन्नयनमा पु¥याएको योगदान अविस्मरणीय छ । उनले नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीको अध्यक्ष एवं मिडिया अलाइन्सको उपाध्यक्ष, विज्ञापन बोर्डको सदस्य आदि पदीय जिम्मेवारीमा रहेर मिडिया जगत्का निम्ति थुप्रै काम गरेका थिए ।


शेरचन पत्रकारिता क्षेत्रको मात्र नभएर वैदेशिक रोजगारीको क्षेत्रमा पनि काम गरेका व्यक्ति हुन् । उनी वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष पनि हुन् । उनकी पत्नी, तीन छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्