बागमती प्रदेशको प्रमुखमा शर्मा सिफारिस «

बागमती प्रदेशको प्रमुखमा शर्मा सिफारिस

सरकारले बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्माको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।


बिहीबारको मन्त्रिपरिषद्को बैठकले विष्णु प्रसाईंलाई पदमुक्त गर्दै माधव नेपाल समूहका शर्माको नाम सिफारिस गरेको हो । राष्ट्रपतिबाट नियुक्त भएर सपथ खाएपछि उनले आफ्नो पद सम्हाल्ने छन् । नेपालले एमाले विभाजन गर्दै एमाले समाजवादी पार्टी दर्ताको लागि निवेदन दिएको भोलिपल्टै प्रधानमन्त्री देउवाले उनलाई पनि भागबण्डा सुरु गरेका छन् ।


यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले अनुराधा कोइरालालाई पदमुक्त गर्दै विष्णु प्रसाईंलाई प्रदेश प्रमुखमा नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्