चिया, पस्मिना र अलैंचीको उत्पादनसँगै निर्यात प्रवद्र्धन गर्न विशेष कार्यक्रम «

चिया, पस्मिना र अलैंचीको उत्पादनसँगै निर्यात प्रवद्र्धन गर्न विशेष कार्यक्रम


नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस)ले पहिचान गरेको कृषिजन्य वस्तुको निर्यात बढाउनका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एनटीआईएसभित्र परेका कृषिजन्य वस्तुको उत्पादनसँगै निर्यात प्रवद्र्धनका लागि विशेष कार्यक्रम सञ्चालनको तयारी अघि बढाएको हो । एनटीआईएस भित्र परेका चिया, पस्मिना र अलैंचीको उत्पादन बढाई अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउनका लागि रणनीति तयार गर्न लागिएको हो । मन्त्रालयका सचिव दिनेश भट्टराईले अलैंची, चिया र पस्मिनाको उत्पादन बढाउनका लागि छुट्टाछुट्टै रणनीति तयार गर्न लागिएको जानकारी दिए । स्वदेशी वस्तुको निर्यात बढाउनका लागि उत्पादनसँगै बजारीकरणमा जोड दिन लागिएको उनको भनाइ छ ।


चियाको उत्पादनसँगै बजारीकरण गर्नका लागि तीन वर्षे ‘चिया क्षेत्रको दिगो विकास परियोजना’ सञ्चालन गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालय र चिया तथा कफी विकास बोर्डले संयुक्तरुपमा यस परियोजनाको काम गर्ने छन् । मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुसालले मुलुकमा उत्पादन हुने अर्थाेडक्स ट्रेसियाबलिटी (उत्पादनदेखि प्याकेजिङसम्मको प्रक्रिया) प्रणाली गर्न लागिएको जानकारी दिए ।

यसले गुणस्तरीय उत्पादन बढाउनका साथै बजारीकरणमा सघाउ पु¥याउने र चिया क्षेत्रमा लगानी बढाएर गुणस्तर वृद्धि गरी नेपालकै चिया हो भनेर अन्तर्राष्ट्रिय बजारमा पहिचान गर्न लागिएको उनको भनाई छ । स्वदेशी चियालाई अन्य देशले आफ्नो उत्पादन भनेर पनि बिक्री गरिरहेको बेला यस प्रणालीले संघ, प्रदेश, स्थानीय निकाय र निजी क्षेत्रसँग मिलेर सो परियोजना बनाउन लागिएको भुसालले जानकारी दिए । पहिलो पटक पाइलटिङका रुपमा इलाम जिल्लाबाट ट्रेसियाबलिटी प्रणाली लागु गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।


व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७७/०७८ मा ३ अर्ब ७९ करोड ७१ लाख ४० हजार रुपैयाँको चिया निर्यात भएको थियो । जुन अघिल्लो वर्षको तुलनामा ३६ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष २ अर्ब ७८ करोड २८ लाख ४१ हजार रुपैयाँको चिया निर्यात भएको थियो । अन्तर्रााष्ट्रिय बजारमा स्वदेशी चियाको माग बढ्दै गएकाले पनि गुणस्तरीय उत्पादनमा विशेष जोड दिन लागेको मन्त्रालयको भनाइ छ ।


मन्त्रालयले पस्मिनाको उत्पादन बढाउनका लागि पाँच वर्षे ‘पस्मिना निर्यात रणनीति’ बढाउन लागेको छ । यसमा च्यांग्रमको उत्पादन बढाउने, च्यांग्राको फाइबर गुणस्तरीय बनाउने र अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउनका लागि डिजाइन,प्याकेजिङमा जोड दिइने मन्त्रालयले जानकारी दिएको छ । रणनीतिमा पस्मिनाको निर्यातलाई प्रत्येक वर्ष ५ अर्ब पु¥याउने लक्ष्य राखिएको छ ।

आर्थिक वर्ष २०७७/७८मा २ अर्ब ५४ करोडको पस्मिना निर्यात भएको केन्द्रको तथ्याङ्क छ । अन्तर्राष्ट्रिय बजारमा पस्मिनाको माग धेरै भएपनि उत्पादन बढाउन नसक्दा निर्यात बढाउन सकिएको छैन । च्यांग्रा पालन कम हुँदा पस्मिनाको लागि पर्याप्त ऊन उत्पादन हुन सकेको छैन । मुलुकमा सवा लाख संख्यामा मात्र च्यांग्रापालन भएको तथ्याक छ । अलैंचीको छिमेकी मुलुकसँगै अन्य देशमा निर्यात गर्नका लागि छलफल भइरहेको छ । मुुलुकमा उत्पादन भएको अलंैची छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ । नेपालबाट सिधै पाकिस्तान, बंगलादेश, साउदी अरब र दुवैमा अलैंची निर्यातका लागि छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । नेपालबाट निर्यात भएको अलंैची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बंगलादेशमा पठाउने गरेको छ ।


यस्तै अदुवाको प्रशोधन प्लान्ट स्थापना गर्नेका लागि मन्त्रालले निजी क्षेत्रलाई सहयोग गर्ने भएको छ । निजी क्षेत्रबाट अदुवा प्रशोधन गर्ने प्लान्ट सञ्चालनमा छन् । मुलुकबाट ताजा अदुवा निर्यात हुने गरेको छ । ताजा अदुवा निर्यात गर्दा बेला बेला समस्या आउने गरेको छ । छिमेकी मुुलुक भारतमा निर्यात हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्