चिनियाँ आर्थिक वृद्धि ३ दसककै न्यून «

चिनियाँ आर्थिक वृद्धि ३ दसककै न्यून

बेइजिङ-मुलुकको आर्थिक वृद्धि गत वर्ष ६.६ प्रतिशत भएको घोषणा चीनले सोमबार गरेको छ । यो वृद्धि दर १९९० देखिकै न्यून हो ।
बेइजिङको सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक अमेरिकासँगको चालू अवस्थाको व्यापार विवादका कारण विश्वका धेरैजसो क्षेत्रमा यही अनुपातको आर्थिक वृद्धिको अनुमान लगाइएको थियो ।
यो वृद्धि दर २०१७ को समीक्षात्मक ६.८ प्रतिशतको तुलनामा पनि कम हो ।चौथो त्रैमासको जीडीपी ६.४ प्रतिशत कायम भएको थियो । यो वृद्धि पनि अपेक्षा अनुरुपकै हो । यो २०१८ को तेस्रो त्रैमासको ६.५ प्रतिशत वृद्धिको तुलनामा पनि कम हो ।
यद्यपि सोमबारको चिनियाँ आर्थिक तथ्यांकको विवरणले केही सकारात्मक पक्ष पनि देखाएका छन् ।
अघिल्लो वर्षको समान महिनाको तुलनामा डिसेम्बरमा औद्योगिक उत्पादनमा ५.७ प्रतशतले वृद्धि भएको छ । यो अर्थशास्त्रीहरुको ५.३ प्रतिशतको अनुमानको तुलनामा बढी हो । यो नोभेमरबरको ५.४ प्रतिशत वृद्धिको तुलनामा पनि बढी हो ।
डिसेम्बरमा खुद्रा बिक्रीको तथ्यांक ८.२ प्रतिशतले वृद्धि भएको छ । यो पनि प्रक्षेपणकै लाइनमा हो भने नोभेम्बरको ८.१ प्रतिशत वृद्धिको तुलनामा बढी हो ।
“हामीले चौथो त्रैमासमा अर्थतन्त्र ओरालो लागेको पाएका छौ । हामीले निर्यातको क्षेत्रबाट धेरै त्रैमासको अभैmपनि केही सहयोग हुने देखेका र्छाै,”ब्ल्याक रकका चीन प्रमुख हेलेन झुले बताइन् । उनले नयाँ अमेरिकी भन्सार कार्यान्वयनमा आउनुपूर्व सामग्री चीनबाट बाहिर निर्यात गरेको विषयलाई उद्र्धृत गर्दैै यस्तो बताएकि हुन् ।
चिनियाँ उपभोग र कर कटौतीबाट आपूmले केही सहयोग हुने अपेक्षा गरेको बताइन् । गत वर्षको तुलनामा यस वर्ष वृद्धि ओरालो लाग्ने पनि उनले बताइन् ।
बेइजिङको आधिकारिक जीडीपी तथ्यांकलदे विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको अवस्थाको बारेमा जानकारी गराएको भएपनि धेरैजसो बाह्य विज्ञहरुले चिनियाँ प्रतिवेदनको वैधता बारे आशंका व्यक्त गरेका छन् ।

सीएनबीसी

प्रतिक्रिया दिनुहोस्