समृद्धि फाइनान्स र फेवाबजारबीच सम्झौता «

समृद्धि फाइनान्स र फेवाबजारबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी र फेवा बजारबीच कन्जुमर ईएमआइ कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । अब ५० हजारदेखि पाँच लाखसम्मको सामग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा फेवाबजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन् । सो सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभास श्रेष्ठ र फेवाबजारका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन आर्चायले हस्ताक्षर गरेका छन् ।
फाइनान्सका बजार तथा व्यवसायीक प्रवद्र्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा बैंकका नयाँ तथा पुराना ग्राहकलाई मध्यनजर गर्दै बनाइएको हो । यो कर्जाले ग्राहकलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्