मेगा बैंकका एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति «

मेगा बैंकका एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

मेगा बैंक नेपालको विभिन्न स्थानहरूमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरूलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरिएको छ ।
झापाको शिवसताक्षी, मोरङको धनपालथान, सुनसरीको कोसी एक्सटेन्सन, धनुषाको मिथिला बिहारी एक्सटेन्सन र नागराइन एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति गरिएको बैंकले जनाएको छ ।
यस्तै, अर्घाखाँचीको मालारानी, पाल्पाको माथागढी, गुल्मीको रुरु एक्सटेन्सन र दार्चुलाको शैल्यशिखर एक्सटेन्सन काउन्टरलाई पनि शाखा कार्यालयमा स्तरोन्नति गरेको बैंकले जनाएको छ । योसँगै बैंकको शाखा संख्या १९९ पुगेको र एक्सटेन्सन काउन्टर २४ कायम भएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्