शीर्ष २६ अर्बपतिको सम्पत्ति ३.८ अर्ब मानिसको बराबर «

शीर्ष २६ अर्बपतिको सम्पत्ति ३.८ अर्ब मानिसको बराबर

विश्वका अर्बपतिको सम्पत्तिमा प्रत्येक दिन २.५ अर्ब डलरले बढिरहेको छ भने विश्वका आधा सर्वाधिक गरिबको सम्पत्ति ओरालो लागेको छ ।
हाल विश्वमा अर्बपतिको संख्या २ हजार २०८ रहेको छ । उनीहरुको सम्पत्तिमा यो भन्दा पहिलेको तुलनामा हालसम्मकै ठूलो वृद्धि भएको अक्सफाम इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ । एक दसक अगाडिको विश्वव्यापी वित्तीय संकटयताको समयमा अर्बपतिको संख्यामा झन्डै दोब्बरले वृद्धि भएको छ ।
स्वीट्जरल्यान्डको डाभोसमा आयोजना हुन लागको वार्षिक विश्व आर्थिक मञ्चको अगाडिको समयमा यो वार्षिक अध्ययन प्रकाशित भएको हो । १०६ पृष्ठ लामो यो प्रतिवेदनले धनी र गरिबबीच बढ्दै गएको असमानतनाप्रति सतर्क हुनु पर्ने उल्लेख गरेको छ ।
विश्वका २६ सर्वाधिक धनी व्यक्तिहरुको संयुक्त सम्पत्ति गत वर्ष १४ खर्ब अमेरिकी डलर पुगेको थियो । यो सर्वाधिक गरिब ३.८ अर्ब मानिसको कुल सम्पत्ति बराबर हो ।
यी धनीमा धेरैजसो अमेरिकी रहेको फोब्र्सले सार्वजनिक गरेको सूची प्रयोग गरेर अक्सफामले जनाएको छ । अमेजनका जेफ बेजोस, माइक्रोसफ्टका बिल गेट्स, बर्कशायर हाथवेका वारेन बफेट र फेसबुकका मार्क जुकरबर्गलाई समेतको सम्पत्ति ३ खर्ब ५७ अर्ब अमेरिकी डलर रहेको फोब्र्सले जनाएको छ ।
न्यूयोर्ककी डेमोक्र्याट प्रतिनिधि अकासियो कोर्टेजले आपूmले भन्दै आएको ‘ग्रीन न्यू डील’ नामक जलवायु परिवर्तन योजनालाई कोष उपलव्ध गराउनका लागि धनीलाई ७० प्रतिशत सम्मको कर लगाउन प्रस्ताव गरेकि छन् ।

 सीएनएन

प्रतिक्रिया दिनुहोस्