जलवायुमा गरिने लगानी पारदर्शी बनाउन आग्रह «

जलवायुमा गरिने लगानी पारदर्शी बनाउन आग्रह

जलवायु परिवर्तन सम्बन्धी कार्यक्रममा गरिने लगानी पारदर्शी नभएको भन्दै सारोकारवालाहरुले लगानी पारदर्शी बनाउन आग्रह गरेका छन् ।
ट्रान्सपरेन्सी नेपालद्वारा बुधबार गरेको अन्तक्रियाका सहभागीले जलवायुको लगानी पारदर्शी बनाउन अपिल गरेका हुन् ।

जलवायु परिवर्तनको क्षेत्रमा गरिएका स्वदेशी तथा विदेशी लगानी पारदर्शी हुन नसकेको भन्दै आगामी दिनमा पारदर्शी ढंगले अगाडी बढाउन उनीहरुले आग्रह गरेका छन् ।


ट्रान्सपरेन्सी नेपालका वरिष्ठ अधिकृत विनोद भट्टराईले जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा गरिएको वित्तीय लगानी पारदर्शी र भ्रष्टाचारमुक्त बनाउनुपर्ने तथा लगानी अनुसारको कार्यक्रमको प्रभावकारीता नदेखिएको बताए ।


“जलवायु परिवर्तन न्यूनिकरणका कार्यक्रमलाई स्थानीय सरकारले प्राथमिकतामा राख्न सकेको छैन, स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ” उनले भने, “जलवायु परिवर्तनमा लगानी बढाउनुपर्ने र यस क्षेत्रमा गरिएको लगानी पारदर्शी हुनु आवश्यक छ ।”

प्रतिक्रिया दिनुहोस्