चालु आवका कार्यक्रम फागुनसम्म सक्ने वीरेन्द्रनगरको लक्ष्य «

चालु आवका कार्यक्रम फागुनसम्म सक्ने वीरेन्द्रनगरको लक्ष्य

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षका योजना तथा कार्यक्रम फागुन महिनाभित्रै गरिसक्ने योजना बनाएको छ । त्यसका लागि मंगलबार देखिनै नगरपालिकले कार्य प्रारम्भ गरेको छ ।


वीरेन्द्रनगर नगरपालिको योजना अनुगमन तथा जाँचपास समितिले वडाअध्यक्ष, प्राविधिक, र वडा सचिवहरुसँग वृहत छलफल समेत गरेको नगरपालिकाका उप–प्रमुख मोहनमाया ढकाले जानकारी दिइन् ।

“पूर्वाधार र सामाजिक क्षेत्रका सम्पूर्ण कामहरु फागुन मसान्तमा गरिसक्नुपर्छ भन्ने हामीले निर्णय गरेका छौं” उपप्रमुख ढकालले भनिन्, “त्यसका लागि भदौ मसान्तसम्म विभिन्न पूर्वाधारतर्फमा योजनाहरुको स्टमेट तयार गरी सक्ने लक्ष्य छ । त्यसपछि उपभोक्ता समितिबाट निर्माण हुने योजनाको उपभोक्ता समिति गठन गर्ने र टेण्डर आह्वान टेण्डर गरिनेछ ।”

असोज १ गतेदेखि पूर्वाधारतर्फका सबै कामहरुको सुरु गर्ने र अरु सामाजिकतर्फका कामपनि कार्तिकदेखि पुस महिनासम्म सम्पन्न गरिसक्ने लक्ष्य रहेको ढकालले बताइन् ।


त्यसका लागि जनप्रतिनिधि र कर्मचारीहले प्रविद्धता समेत जनाईसकेका छन् । यो बर्ष पनि कोरोना भाइरसका कारण योजनाहरु प्रभावित नहुँन र योजना कार्यान्वयनमा ढिलाई नहोस भनेर यस्तो निर्णय गरिएको ढकालको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पुँजीगतर्फ ४३ करोड ३३ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्