अमेरिका सबैतिरबाट अनिश्चित «

अमेरिका सबैतिरबाट अनिश्चित

व्यापार युद्ध, मन्दीको त्रास, बजारमा देखा परेको अस्थिरता, तेलको मूल्यमा देखिएको अस्थिरता, ब्रेक्जिट र हालसम्मकै लामो अवधिको सरकारी ‘सटडाउन’ सबै चिजले अमेरिकालाई अमेरिकालाई अनिश्चित बनाएको छ ।
हाल सबै क्षेत्रमा व्यावसायिक विश्वमा एउटा महत्वपूर्ण प्रश्न तेर्सिएको छ ।
के अमेरिकी अर्थतन्त्र यो वर्ष ३ प्रतिशतले वृद्धि हुन्छ वा मन्दीमा फस्छ ? फेडले ब्याजदर दुई पटक बढाउला वा बढाउँदैन ? आदि–आदि ।यी सबै कुरालाई हेर्ने हो भने यसले अनिश्चितताको अवस्थालाई थप माथि पु-याउनेछ ।विश्वव्यापी आर्थिक नीति अनिश्चितता सूचक डिसेम्बरमा कीर्तिमानी उचाइमा पुगेको थियो ।विश्वकै दुई ठूला अर्थतन्त्र अमेरिका र चीन व्यापार युद्धमा फसेका छन् । व्यापार सम्झौतामा हुँदै आएको धरमरको वार्ताले अझै पनि कुनै क्रमभंगता गर्न सकेको छैन ।
भन्सार विवादले चिनियाँ अर्थतन्त्रमा ठूलो सुस्तता छाएको अर्थशास्त्रीहरूले बताएका छन् ।
कुनै समयमा विश्वकै ठूलो सार्वजनिक कम्पनी भएको एप्पलले हालै मात्र व्यापार विवादले आईफोनको बिक्रीमा गिरावट आउन भूमिका निर्वाह गरेको जनाएको छ ।
युोपमा बेलायती संसद्ले प्रधानमन्त्री टेरिजा मेको ब्रेक्जिटको सम्झौतालाई अस्वीकार गरेको छ । हतारमा गरिने छुट्टिने निर्णयले बजार अस्थिरताको अवस्था ल्याउन सक्छ र विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको मुलुक बेलायतलाई मन्दीतर्फ लैजानका लागि उर्जाको काम गर्न सक्छ ।
यसैबीच गत वर्षको तेस्रो त्रैमासिक अवधिमा जर्मनीको अर्थतन्त्रमा संकुचन आएको थियो र पाँच वर्षकै कमजोर अवस्थामा पुगेको थियो । आइतबारसम्म अमेरिकी बन्द ३१ औं दिनमा बन्द भएको छ । प्रत्येक दिन यो बन्दले अर्थतन्त्रमा क्षति पु-याइरहेको छ । ८ लाख संघीय कामदार बिना तलब बस्नका लागि बाध्य भएका छन् ।
जेपी मोर्गान चेजका सीईओ जेमिइ डिमोनले यदि सटडाउनको अवस्था पूरै त्रैमासिक अवधिभर लम्बिएमा यसले आर्थिक वृद्धिलाई शून्यमा झार्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी तेलको मूल्य गत शरद ऋतुमा बियर बजारमा ओर्लिएको थियो । यो ४४ प्रतिशतले ओरालो लागेको थियो । त्यसयता कच्चा तेलको मूल्य २२ प्रतिशतले वृद्धि भएको छ भने ओपेकले पनि उत्पादन कटौती गर्न थालेको छ । तेलको मूल्यमा देखिएको अस्थिरताले विमान सेवा कम्पनीहरूलाई बजेटको प्रक्रिया मिलाउनका लागि कठिन भएको छ ।
अर्थशास्त्रीहरू र लगानीकर्ताहरू अमेरिकी अर्थतन्त्र मन्दीतर्फ बढेकोको विषयमा विवादित देखिएका छन् । यो २०१६मा तीव्र गिरावटको अवस्थामा मात्रै जान सक्ने वा मन्दीमै पनि फस्न सक्ने भन्ने विषयमा उनीहरू विवादित देखिएका छन् । यसले अमेरिकी अर्थतन्त्रको अवस्थालाई अनिश्चित पारेको छ । डुक युनिभर्सिटीले अमेरिकी सीएफओमाझ गरेको सर्भेमा झन्डै आधाले यो वर्ष अर्थात् २०१९ मा अमेरिकी अर्थतन्त्र मन्दीमा फस्न सक्ने बताएका छन् । ८२ प्रतिशतले आगामी वर्ष अर्थात् २०२० को अन्त्यमा अमेरिकालाई मन्दीले हान्न सक्ने विश्वास लिएका छन् ।
तर, अमेरिकामै कोष व्यवस्थापकहरूको धारणा भने यो भन्दा बिलकुल फरक देखिएको छ । हालै मात्र प्रकाशित भएको अमेरिका मेरिल लिन्चको सर्भेमा उनीहरूमध्ये १४ प्रतिशतले मात्रै यो वर्ष विश्वव्यापी आर्थिक मन्दी आउने अपेक्षा गरेका छन् । विश्वव्यापी नभएर अमेरिका मात्रै मन्दीमा फस्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । यी तमाम अवस्थाबीच अमेरिकाका लागि यो वर्षलाई अनिश्चितताको वर्षका रूपमा हेर्न सकिन्छ ।
अझै पनि चरम अवस्थाको अनिश्चिततालाई आत्मसन्तुष्टिको प्रक्षेपणका रूपमा हेर्न सकिन्छ । तर, व्यवसायमा गरिने लगानीमा आउने कमी र उपभोक्ता खर्चमा देखा परेको कमजोर अवस्थाले ओरालो लाग्न सक्ने सम्भावना भने त्यत्तिकै रहेको छ ।
आगामी केही वर्षको अवधिमा मन्दीमा जान सक्ने विषय भने अकाट्य भएको विश्लेषकहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्