अब न्यायालयमा बिचौलिया राज चल्दैन : प्रधानन्यायाधीश «

अब न्यायालयमा बिचौलिया राज चल्दैन : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणााले अदालतमा अब बिचौलिया राज नचल्ने बताएका छन् । आइतबार आफ्नै चेम्बरमा पत्रकारहरुसँगको भेटघाटमा उनले अदालतमा बिचौलियाको साम्राज्य नै रहेको भन्दै कानुन बनाएर भए पनि कारबाही गर्ने बताए ।
“बिचौलिया निरुत्साहित गर्न कानुन संशोधन गरेर उनीहरूलाई अवहेलना मुद्दा चलाइन्छ । यसबारे फुलकोटमा छलफल भइरहेको छ,” उनले भने । आफ्नो लक्ष्य न्यायालय सुधार रहेको भन्दै प्रधानन्यायाधीश राणाले त्यसका लागि जस्तोसुकै कदम चाल्न पनि आफू पछि नपर्ने बताए । यत्रतत्र बिचौलिया रहेपनि उनीहरूलाई कानुनी दायरामा ल्याउन सजिलो नभएको राणाले बताए । बिचौलियाको भूमिका न्यून गर्न अवहेलनामा कारबाही गर्न कानुन बनाउने तयारी गरिरहेको राणाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्