साफमा नेपालको पहिलो खेल माल्दिभ्ससँग «

साफमा नेपालको पहिलो खेल माल्दिभ्ससँग

१३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार १३ औं संस्करणमा ५ देशलाई सहभागि बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको हो । यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । भुटानले कोरोनाका कारण र पाकिस्तानले फिफाको निलम्बनका कारण खेल्न नपाएका हुन् ।
पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गते सम्म आयोजना हुँदै छ । बुधबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ ।प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्