नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक «

नेपालको पहिलो प्रतिद्वन्द्वी आयोजक

Football.

पाँच देशको सहभागिता निश्चित भएको १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै सुरुआत गर्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार १३ औं संस्करणमा ५ देशलाई सहभागि बनाई जारी गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो । वर्ष दिन पछि धकेलिएको १३औं संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बंगलादेश र श्रीलंकाको सहभागिता रहने निश्चित भएको हो । यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ । यस अघि भुटानले सहभागिता जनाउन सक्ने संकते दिएको थियो तर अन्तिम समयमा सहभागिता कोरोनाका कारण नजनाउने भएपछि भुटानसँगै फिफबाट निलम्बनमा परेको पाकिस्तान पनि प्रतियोगितबाट बाहिर रहेका हुन् ।
पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गते सम्म आयोजनाहुँदैछ । बुधबार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २५ गते खेल्ने तालिका छ ।
प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोली उपाधिका लागि असोज २७ गते प्रतिस्पर्धा गर्नेछन् । साफ च्याम्पियनसिपको लागि नेपालले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रशिक्षणमा पोखरा रंगशालामा तयारीलाई तिब्रता दिइरहेको छ । प्रतियोगिताका लागि मुख्य प्रशिक्षक अलमुताइरीले पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट १० खेलाडीलाई बाहिर राख्दै २८ खेलाडी छनोट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्