बाल यौन दूराचार अभियोगमा बेलायती «

बाल यौन दूराचार अभियोगमा बेलायती

पेसेवर बाल यौन दूराचार अभियोगमा बेलायती नागरिक काठमाडौंबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी)को विशेष टोलीले धादिङका १८ वर्ष मुनिका ३ किशोरमाथि यौन दूराचार गर्ने ५० वर्षीय बेलायती नागरिक आयन रोबर्ट कोललाई कालिमाटी (रविभवन)बाट पक्राउ गरेको हो ।
यौन दूराचारका लागि आयनलाई ३ किशोर उपलब्ध गराउने २ एजेण्ट पनि पक्राउ परेका छन् । एजेण्टकै सहयोगमा आयनले अविभावकलाई आर्थिक सहयोग दिने र आफूसँगै आएका किशोरलाई अंग्रेजी सिकाइदिने, मोबाइल किनिदिने लगायतका प्रलोभन पनि दिएकोे पाइएको छ । पीडितसहित दुवै एजेण्टको नाम प्रहरीले गोप्य राखेको छ । व्यूरोका अनुसार आयनले यौन दूराचारकै लागि रविभवनमा कोठा भाडामा लिएको पनि खुलेको छ । बाल यौन दूराचार पीडित तीनैजनाको उद्धार गर्नुका साथै विदेशी र दलालविरुद्ध अनुसन्धान जारी रहेको व्यूरोले जनाएको छ ।
व्यूरोका प्रवक्ता एसपी उमाप्रसाद चतुर्वेदीका अनुसार डिसेम्बर ३० मा आयन नेपाल आएका थिए । ‘५१११२३६५९ राहदानी बाहक उनी बेलायतमा पनि २ वर्षअघि यौन दूराचार अभियोगमै पक्राउ परेका अभियुक्त रहेको खुलेको छ । यसअघि पनि आयन पटक पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको छ । “दलालको सहयोगमा धादिङका विपन्न परिवारका तीन जना किशोरलाई यौन दूराचारकै लागि फकाएर काठमाडौं ल्याएको देखियो,” व्यूरो प्रवक्ता एसपी चतुर्वेदीले भने, “आर्थिक प्रलोभन देखाएकै कारण अविभावकले पनि विदेशी र २ जना दलालको साथमा किशोरलाई काठमाडौं जाने अनुमति दिएका रहेछन् ।” पक्राउ परेका यौन दूराचार अरोपित बेलायतीले छोरालाई अंग्रेजी सिकाएर पैसा कमाउन सक्ने बनाइदिने समेत प्रलोभन दिएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

 

प्रतिक्रिया दिनुहोस्