इन्डोनेसियाको ७६औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन «

इन्डोनेसियाको ७६औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

गणतन्त्र इन्डोनेसियाको ७६औं स्वत्रन्त्रता दिवको अवसरमा नेपालका लागि इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्पेक्स परिसरमा झण्डोत्तलन गरिएको छ । मंगलबार नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले झण्डोत्तलन गरेका हुन् ।
ढकालले दुई देशबीचको व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेको पनि बताए । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्