यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न «

यूनाइटेड इन्स्योरेन्सको साधारण सभा सम्पन्न

यूनाइटेड इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित तथा लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब नगद प्रवाह विवरणसहित अनुसूचीहरु पारित, २०७६/०७७ को लागि लेखापरीक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।


सभामा सेयरधनीले कम्पनीलाई आगामी दिनमा कम्पनीको शाखा तथा सेवाको गुणस्तरमा विस्तार गर्दै विकासको पथमा तीव्र गतिमा अगाडि बढ्न व्यवस्थापनलाई सुझाव प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्