यामाहा नेपालले दियो नेपाल प्रहरीलाई दुई वटा मोटरसाइकल «

यामाहा नेपालले दियो नेपाल प्रहरीलाई दुई वटा मोटरसाइकल

यामाहाले लामो समयदेखि शान्तिपूर्ण गस्तीमा सहयोगी हुने र सहरको शान्ति सुरक्षा प्रयोजनका लागि नेपाल प्रहरी र ट्राफिकलाई यामाहाका मोटरसाइकलहरू यपलब्ध गराउँदै आएको छ ।
सोही क्रममा यामाहाले एफ जेड–२५ र सालुटो नामका दुईवटा मोटरसाइकल नेपाल प्रहरीलाई प्रदान गरेको छ । कालिमाटी प्रहरी बिटमा एक कार्यक्रमबीच मोटरसाइकल हस्तान्तरण गरिएको हो ।
समारोहमा यामाहाका प्रमुख व्यवस्थापकीय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंह र प्रहरी उपरीक्षक अपिलराज बोहराको उपस्थिति थियो । शान्तिपूर्ण गस्तीका लागि नेपाल प्रहरीले यी मोटरसाइलको प्रयोग बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्