Logo

दराज मल फेस्टिभलमा विभिन्न ब्रान्डमा छुट

अनलाइन बजार दराजले यही भदौ २ गतेदेखि दराज मल फेस्टिभल सुरु हुने घोषणा गरेको छ । यस अभियानको मुख्य हाइलाइटहरूमा एडटुकार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५ प्रतिशत छुट, इमेज रिभ्यु एण्ड विन, फलो एण्ड विन, बम्पर उपहारमा साअमी, निःशुल्क डेलिभरी साथै अरु पुरस्कार जित्ने मौका रहेको जनाइएको छ ।
दराज मल दराजले सुरु गरेको एक अनलाइन सपिङ मल हो । जसमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्ड हर्न साथै ३०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्