खजुरामा उद्योग वाणिज्य संघ दर्ता प्रक्रियामा «

खजुरामा उद्योग वाणिज्य संघ दर्ता प्रक्रियामा

बाँकेको खजुरा बजारमा उद्योग वाणिज्य संघ खोल्ने प्रक्रिया थालिएको छ । यसअघि नेपालगन्ज उद्योग वाणिज्य संघमा आबद्ध खजुरा बजारका व्यवसायीहरूले संघको कार्यक्षेत्र ठूलो भएको बताउँदै खजुरा बजारमा उद्योग वाणिज्य संघ खोल्ने प्रक्रिया थालेका हुन् ।
व्यवसायीहरूले संघ दर्ताका लागि शनिबार औपचारिक रूपमा भेला भएर प्रक्रिया थालेका छन् । विभिन्न व्यवसायमा संलग्न खजुराका स्थानीय व्यवसायीहरू सम्मीलीतन भेलाले सूर्यबहादुर रानाभाट (नेत्र) को अध्यक्षतामा २१ सदस्यीय तर्दथ समितिसमेत गठन गरेको छ ।
प्र्रस्तावित उद्योग वाणिज्य संघ खजुराको तदर्थ समितिको उपाध्यक्ष उद्योगतर्फ विज्ञान कक्षपती, उपाध्यक्ष वाणिज्यतर्फ मीन प्रकाश रेग्मी, महासचिव कृष्ण भण्डारी, सचिव, विवेक मल्ल, कोषाध्यक्ष आशिष शुक्ला छन् ।
नवगठीत तर्दथ समितिले दुई महिनाभित्र संघलाई आधिकारीक रूपमा दर्ता गरेर बैधानिक रूपमा अघि बढने तर्दथ समितिका महासचिव कृष्ण भण्डारीले बताए । दुई महिनाभित्र दर्ता प्रक्रियाका लागि तर्दथ समितिलाई जिम्मेवारी दिएको छ उनले भने, “समितिले आवश्यक प्रक्रिया पूरा गरी समयमै दर्ता गर्ने प्रतिबद्धताअनुसार काम गर्नेछ ।”
खजुरा बजारमा करिब ७ सय विभिन्न व्यवसायीहरू रहेको बताउँदै यहाँका व्यवसायीहरूका लागि नयाँ गठन हुन लागेको उद्योग वाणिज्य संघले व्यवसायीहरूको हक अधिकार र हितमा काम गर्ने उनको भनाइ छ ।
यसअघि नेपालगन्ज उद्योग वाणिज्न्य संघमा आबद्ध रहँदै आएकोमा खजुरा क्षेत्रमा व्यापार व्यवसाय बढ्दै गएपछि व्यवसायीहरू पनि बढेका कारण छुट्टै उद्योग वाणिज्य संघको आवश्यकता महसुस गरेर यो संघ दर्ता प्रक्रियामा लागेको खजुरा उद्योग वाणिज्य संघ तर्दथ समितिका उपाध्यक्ष विज्ञान कक्षपतीले बताए । अब यस क्षेत्रका व्यापारीहरूलाई विभिन्न समस्या पर्दा यो संघले आवाज उठाउनुका साथै विभिन्न कार्य गर्न सहज हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्