एभरेष्ट बैंकको क्यूआर कोडबाट साझाका पेट्रोल पम्पमा भुक्तानी गर्न सकिने

एभरेष्ट बैंकले साझा सेवा सहकारीले सञ्चालन गरेका पेट्रोलपम्ममा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ । बैंकले समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउन सो सवाकेोसुरुवात गरेको जनाएको छ ।
यस सेवाको शुभारम्भ एभरेष्ट बैंकका बागमती प्रदेश प्रबन्धक सन्तोष भट्टराई र साझा सेवा सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलले संयुक्त रुपमा गरेका छन् ।
सो कार्यक्रममा साझा सेवाका प्रमुख लेखा अघिकृत दिवाकर श्रेष्ठ, एभरेष्ट बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती, एभरेष्ट बैंकका पुल्चोक शाखाका शाखा प्रबन्धक लव कुइकेल लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
साझाका पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ किनेपछि बैंकको क्यूआर कोडबाट भुक्तानी गर्दा रियल टाइममा नै साझा सेवाको पुल्चोकस्थित शाखामा रकम जम्मा हुने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।