पहिरोले टोलनै उठिवासमा, राहतको आसमा पिडीत

दैलेख -गतवर्षदेखिनै पहिरोले उठिवास बनाएको नौमूले गााउँपालिका ४ कालिकाको उत्तीसेनी वस्ती पुरै पहिरोको उच्च जोखीममा रहेको छ । २०७४ सालदेखि उक्त टोलमा पहिरोले त्रास ल्याउँदै आएको भए पनि गतवर्षवाट भने त्यस टोलको वस्तीलाई उठिवासनै बनाइर्दिको छ ।
जोखिम हुँदा हुँदै पनि अन्य स्थानमा वस्नको लागि ठाउँ नहुँदा जोखिम मोलैरै केहि घरपरिवा त्यही आसपासमा वस्दै आएका छन् । ठुलो पानि परेपछि टाढा जंगल छेउमा पालको टहरा वनाएर दिन जोहो गर्दै आएका उत्तीसेनीवासी भने अहिले राहतको पर्खाइमा बसेका छन् । २६ घरधुरीको वसोवास रहेको उत्तीसेनी टोलको जमिन पहिरोले भासीन थालेपछि उनीहरुको वस्तीनै उठिवास भएको थियो ।
२०७४ साल देखि वग्न थालेको पहिरोले अहिलेसम्म केहि घर वगाइसकेको छ भने अन्य घर पहिरोको उच्च जोखिमममा रहेको स्थानीय सरीता वस्नेत वताउँछिन् । अहिलेपनि ठुलो पानी पर्न थालेपछि रातभर जागरम वस्नु पर्ने वाध्यता रहेको पिडीत सरीताले दुखेसो पोखिन् । पहिरोले टोल नै वगाउन लाग्यो हामिलाई गास वासको व्यवस्था मिलाइदिनु प-यो उनले भनिन् अव यहा कसरी वसौ, कतिदिन आफन्तकोमा वसेर रात काट्ने हो ।
गत वर्ष पहिरो अनुगमन लगतै गाउँपालिकाले त्यस वस्तीमा केही राहत व्यवस्थापन गरेको नौमूले गाउँपालिका ४ कालिकाका वडा अध्यक्ष गजबहादुर ढेंगाले वताए । उनले यो वर्ष पनि त्यस वस्तीका स्थानीको अवस्था दयनिय भएकाले स्थानीय संघ सस्थासंघ राहतको लागि अनुरोध गर्ने निर्णय भएको वताए । उनका अनुसार बृहत कार्यक्रम वनाएर त्यस टोलका नागरिकलाई अन्यत्र सुरक्षित स्थानमा वस्नका लागि पहल गरिनुपर्छ ।
नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढाले अहिले पनि राहको लागि पहल भएको र त्य भेगका स्थानीयलाई सुरक्षित वासका लागि संघ प्रदेशसंग समन्य गरेर अगाडि वढिने वताए । अन्य संघ सस्थासंग समन्वय गरेर जोखीम वस्तीका नागरिकको लागि आफुले पहल गर्ने वुढाले वताए ।