प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय गलत

प्रतिनिधिसभा सदस्य रामबहादुर बिष्टले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा सार्ने निर्णय गलत रहेको बताए ।
सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शमौ ओली सरकारको निर्णय गलत रहेको बताए । उहाँले पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्टीको लागि भएको बताए । भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैं बनाउने भनेको २६ वर्ष भएको भन्दै उनले यो भारतको हस्तक्षेपकारी सोच भएकाले अवरुद्ध भइरहेको बताए ।
उनले भने, “महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेपलाञ्चोकको पनौतीमा केपी शर्मा ओली सरकारको निर्णय सरासर गलत छ, पनौतीमा प्रतिष्ठान बनाउने भनेर २०५२ सालमै ४२.४ हेक्टर खरिद गरिएको उल्लेख गर्दै त्यो आधारभूत तालिम, अन्य सेमिनार र अन्तर्राष्ट्रिय गोष्ठीका लागि बनाउने भनिएको थियो, भारत सरकारले प्रतिष्ठानका लागि ८ खर्ब ७९ अर्ब १३ लाख ७६ हजार रुपैयाँ अनुदान दिने र आफैं बनाउने भनेको २६ वर्ष भयो, यो भारतको हस्तक्षेपकारी सोच भएकोले अवरुद्ध भइरहेको छ ।”
उनले राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान एकेडेमी बलमिचाइमा परेको बताए । एकेडेमी सार्नुपर्ने कारण राष्ट्रपतिलाई विदेश जाँदा हेलिकप्टर प्रयोग गरेर एयरपोर्टसम्म जानुपर्ने, प्रहरीले तालिम गर्दा हल्ला हुने भएकोले शान्त वातावरण बनाउनका लागि, टहल्नका लागि सुन्दर बगैँचा बनाउन र गाडी पार्किङ गर्नका लागि सार्न लागिएको उल्लेख गरे ।