संक्रमण रोक्न अपर्याप्त बजेट «

संक्रमण रोक्न अपर्याप्त बजेट

महानगरको स्वास्थ्य बजेट न्यून


जनसंख्याका आधारमा कोरोना संक्रमणको उच्च जोखिममा रहेका स्थानीय तह अन्र्तगत रहेका ५ महानगरपालिकाले स्वास्थ्य बजेटलाई न्यून प्राथमिकता दिएका छन् ।
सरकारको दायित्वमा पर्ने सामाजिक क्षेत्र अन्तर्गतको स्वास्थ्य बजेटलाई पूर्वाधार सम्पन्न मानिएका महानगरपालिकाले नै न्यून प्राथमिकता दिएका हुन् । विगत वर्षदेखि नै कोरोना उपचार, नियन्त्रण र क्वारेन्टाइन तथा आईसोलेसन निर्माण ढिलाइ गरेका कारण आलोचना खेप्दै आएका स्थानीय तहले स्वास्थ्य क्षेत्रको बजेट विनियोजनमा समेत असक्षम देखिएका छन् । देशभरका ६ नगरपालिका मध्ये ५ नगरपालिकाको स्वास्थ्य बजेट हिस्सा कुल बजेटको तुलनामा ६ प्रतिशत भन्दा कम छ । यस मध्ये ललितपुर महानगरले भने स्वास्थ्य बजेट उपलब्ध गराएको छैन । धेरै जनसंख्या भएका क्षेत्रमा संक्रमण पैmलिरहेका बेला काठमाडौं महानगरपालिले समेत कुल बजेटको तुलनामा स्वास्थ्य कम छुट्याएको छ । सामान्यतया स्वास्थ्य तथा शिक्षा क्षेत्रको बजेट २० प्रतिशत भन्दा हुनु पर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।
विराटनगर, वीरगन्ज, काठमाडौं र पोखरा महानगरपालिकाले भर्खरै आर्थिक वर्ष २०७८-२०७९ को बजेट सार्वजनिक गरेका छन् । यी महानगरहरूले ३.४% देखि ६% बजेट मात्र स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको जनाएका छन् । स्थानीय तहले कोभिड प्रतिकार्यको लागि स्वास्थ्य संरचना सुधार गर्न गरेको प्रतिवद्धतालाई गम्भिर रुपमा लिएका देखिँदैन । काठमाडौँ महानगरपालिकाको कुल १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँ बजेट मध्ये स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटको हिस्सा ७० करोड १६ लाख २ हजार अर्थात् ३.७% प्रतिशत रहेको छ । यसमध्ये पनि ०.१२ प्रतिशत अर्थात २ करोड २० लाख रुपैयाँ कोभिडसँग सम्बन्धित बजेट रहेको छ ।
यसैगरी भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८-०७९ मा कुल ४ अर्ब ८१ करोड १२ लाख बजेट बिनियोजन गरेकोमा स्वास्थ्य क्षेत्रका लागि बजेटको १.८७ प्रतिशत अर्थात स्वास्थ्य क्षेत्र ९ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ । स्वास्थ्य क्षेत्रमध्ये पनि आकस्मिक कोभिड कोषमा ०.३९ प्रतिशत अर्थात १ करोड ९० लाख रुपैयाँ छुट्याईएको छ । यसैगरी क्वारेन्टाईन व्यवस्थापनमा ०.१ प्रतिशत अर्थात ५० लाख रुपैयाँ विनियोजन गरेका छ । महानगरपालिका मध्ये सबै भन्दा बढी प्रतिशत बजेट बीरन्ंज महानगरपालिकाले छुट्याएको पाइएको छ । बिराटनगर महानगरपालिको कुल बजेट ४ अर्ब १० करोडमध्ये स्वास्थ्य क्षेत्रको लागि १८ करोड १ लाख अर्थात ४.४ प्रतिशत बजेट हिस्सा रहेको छ । पोखरा महानगरपालिको कुल बजेट ६ अर्ब २७ करोड ७० लाखमध्ये स्वास्थ्य क्षेत्रको लागि ३.४ प्रतिशत अर्थात २१ करोड ५० लाख रुपैया विनियोजन गरेको छ ।
कोभिड–१९ विरुद्धको प्रतिकार्यमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने भएपनि जनसंख्या, पूर्वाधार तथा आयस्रोत राम्रो भएका महानगरले स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिएका छैनन् । बजेट बिनियोजन गर्दा प्रायः स्थानीय तहले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिन नसकेको बिज्ञको भनाइ छ । दोस्रो लहरको कोरोना संक्रमणको तथ्यांकलाई हेर्ने हो भने पनि एक दर्जन ५०० भन्दा बढी संक्रमित उपचारका क्रममा रहेका आधा दर्जन नगरपालिका रहेका जिल्ला रहेका छन् ।
देशभर अस्पताल, शैया, भेन्टिलेटर, आईसियू शैया र अक्सिजन प्लान्ट थप गर्नुपर्ने भएपनि सो अनुसारको बजेट विनियोजन गरेको पाइँदैन । स्थानीय निकाय विज्ञ श्यामकृष्ण भुर्तेलले संक्रमणलाई दृष्टिगत गरेर गत वर्ष देखी नै स्वास्थ्य र शिक्षामा बढी फोकस गर्नुपर्ने बताए । “स्वास्थ्यमा पनि कोभिडमा केन्द्रीत भएर त्यसलाई सहयोग पुग्ने खालका कार्यक्रमहरु ल्याउनु पर्ने हो,” भुर्तेलले भने, ‘यस्ता क्षेत्रमा संघको अनुदान मात्र बस्नु हुँदैन ।” भुर्तेलले स्वास्थ्य क्षेत्र मानवीय विषयबस्तुसँग जोडिएको कुरा भएकाले शक्तिको बाँडफाँडको कुुरा मात्र नभएको बताए । उनले आम नागरिकको सेवाका यस्ता विषयहरु साझा कार्यक्रम अन्तर्गत पनि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्