सामानलाई जीवाणुरहीत बनाउन गोदरेजको भाइरोसिल्ड बजारमा «

सामानलाई जीवाणुरहीत बनाउन गोदरेजको भाइरोसिल्ड बजारमा

कोरोनाको दोस्रो लहरले जटिल परिस्थिति निम्त्याउँदै गइरहेको अहिलेको अवस्थामा सामानहरूलाई जीवाणुरहीत बनाउन गोदरेजको भाइरोसिल्ड उपयुक्त रहेको कम्पनीले जनाएको छ ।


कम्पनीका अनुसार २ देखि ६ मिनेटभित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशत भन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्मजीवबाट सुरक्षा प्रदान गर्ने गर्दछ । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिने कम्पनीले जनाएको छ ।


भाइरोसिल्डमा विविध सरसामग्रीहरु राख्न मिलेता पनि औषधि, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु नहुने कम्पनीले जानकारी दिएको छ । आईसीएमआर ल्याब तथा सीएसआईआर अर्गनाइजेशनद्वारा सर्टिफाईड गरिएको युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाइरोसिल्डमा १ वर्षको वारेन्टी पनि रहेको छ । गोदरेज ब्राण्डलाई चौधरी ग्रुपअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्सको इओएल प्रालिले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्