ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलमा नमस्ते एकेडेमी सञ्चालन «

ब्रिटिस कलेजको व्यवस्थापनमा बुटवलमा नमस्ते एकेडेमी सञ्चालन

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था टीबीसीले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ । सन् २०१२ देखि नेपालमा ब्रिटिस डिग्री प्रदान गरिरहेको कलेजको ‘ब्रिटिस एजुकेसन ग्रुप’ले नमस्ते एकेडेमीको पनि व्यवस्थापन थालेको जनाएको छ ।


बुटवलस्थित होटल टुलिपमा भएको एक औपचारिक कार्यक्रममा नमस्तेको शैक्षिक गुणस्तर पनि अन्तर्राष्ट्रियस्तरको हुने सञ्चालकहरूले बताए । कलेजका संस्थापक राजन कँडेलले नमस्ते एकेडेमी पनि ब्रिटिस एजुकेसन ग्रुपमा आएकोले आफूहरु नयाँ यात्राको लागि तयार रहेको बताए ।
उनले टीबीसीले नमस्तेको व्यवस्थापनाको जिम्मा लिएसँगै आगामी दिनमा अझै राम्रो शिक्षा प्रदान हुने विश्वास व्यक्त गरे ।

टीबीसीमा झण्डै एक दशकदेखि गुणस्तरीय शिक्षा प्रदान गरिरहेको ब्यवस्थापन टिमको अनुभव नमस्तेको लागि पनि फलदायी हुने कँडेलको विश्वास छ । यो सहकार्य र सह लगानीले नमस्ते एकेडेमीले विश्वस्तरीय प्रोग्रेसिभ शिक्षा दिने वचन र प्रतिवद्धता पूरा भएको नमस्ते एकेडमीका अध्यक्ष विष्णु भुसालले बताए । उनले यसै शैक्षिक सत्रमा एसईई उत्तीर्ण भएका २५ विद्यार्थीहरुलाई सम्मान गर्दै आगामी दिनको लागि शुभकामना पनि दिए ।


नमस्तेको व्यवस्थापन द ब्रिटिस कलेजले गर्ने लगभग पक्का भएपछि नै जारी शैक्षिक सत्रमा थुप्रै परिवर्तनहरु भएका छन्। लुम्बिनी प्रदेशमा अंग्रेजी माध्यममा अध्यापन गराई उत्कृष्ट शैक्षिक संस्था बनाउने लक्ष्य दिएको व्यवस्थापन टिमले शैक्षिक क्रियाकलापहरू थप उत्कृष्ट बनाउने उद्देश्यले कार्यक्रमहरु थप भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्