शिक्षणमा प्रतिविम्बनको भूमिका «

शिक्षणमा प्रतिविम्बनको भूमिका

वास्तवमा प्रतिविम्बात्मक शिक्षण कसरी गर्ने ? यो उदेकलाग्दो र जटिल प्रश्न होइन । सवालचाहिँ के हो भने शिक्षकले यसरी काम गरिरहेका छन् होला ? के उनीहरू यसरी सिकिरहेका छन् ? उमेरहदबन्दी नहुँदासम्म जागिर गरिरहेका उनीहरू के भन्लान् ? शिक्षण करिअरमा सन्तुष्टि लिन सकेमा अन्य रोजिँदैन । तर, सन्तुष्टिको परख गर्न नजानेमा भने शिक्षणबाट सिफ्ट हुनैपर्छ । किनकि करिअरको अन्तिम गन्तव्य नै सन्तुष्टि हो । बरु सन्तुष्टिचाहिँ व्यक्तिगत भोगाइको पक्ष हो । लिनेदिने तौरतरिका, परख गर्ने सीपशैली, अर्थोपार्जनलगायतले सन्तुष्टिलाई प्रभाव पार्छ । सन्तुष्टिमा उत्प्ररेणा, स्वप्रेरणाले नायकी भूमिका खेल्छ । उत्प्रेरणा, स्वप्रेरणाले करिअरको सुरुवात गर्न, सफलता प्राप्त गर्दै गन्तव्यमा पु¥याउन सहयोग गर्छ । उच्चस्तरीय शिक्षा आयोगले मंगलबार मात्रै सरकारलाई बुझाएको प्रतिवेदनको वाक्यांशमा पढाउन प्ररेणा नभएका शिक्षकहरूलाई बिदा गर्नुपर्छ र पढाउने हुटहुटी भएका नयाँ र योग्य शिक्षकलाई ल्याउनुपर्ने उल्लेख छ । यहाँनेर सन्तुष्टि र प्ररेणाको सम्बन्ध गाँस्दै शिक्षणमा प्रतिविम्बनको भूमिकालाई थप उजागर गर्न सकिन्छ भन्ने मेरो मत हो ।
शिक्षणमा प्रतिविम्बात्मक सिकाइले सहयोग पु¥याएको हुन्छ । हरेक पल गरिरहेका कार्यबाट हरेक पल गर्ने कार्यपथ पहिल्याउनु नै प्रतिविम्बन हो । यसलाई पाठ सिकिइएको (लेसन लन्र्ट) पनि भनिन्छ । प्रतिविम्बनले व्यावहारिक, प्रमाणिक र अनुभवात्मक निर्देश गर्छ । एकको प्रतिविम्बन अर्कोसँग मिल्दैन, किनकि यसको लागि सन्दर्भले घर गर्छ । विश्वविद्यालयीय, विद्यालयीय, कक्षागतलगायतका विविध आयाम वा अवस्थितिले प्रतिविम्बनमा प्रभाव पार्छ ।
मेरो अगाडि काठमाडौं विश्वविद्यालयको एक पिएचडी थेसिस छ । शिक्षकको पेसागत विकासमा प्रतिविम्बात्मक अभ्यास नामक थेसिसमा प्रतिविम्बनका लागि डिग्रीवाहकले अटोइथ्थनोग्राफी पनि प्रस्तुत गरेका छन् । उनले आफ्नो सन्दर्भसहित अध्ययनको सन्दर्भ, करिअर अभ्यासका सन्दर्भलगायतसमेत लिपिबद्ध गरेका छन् । यसैले प्रतिविम्बनको मुख्य पात्र व्यक्ति आफैं हो । गुणात्मक अनुसन्धान विधिमा आधारित त्यस थेसिसमा उनकै भोगाइ छन् र उनले त्यसलाई आफ्ना क्लाइन्टबाट अझै प्रमाणित गराएका छन् । अरुको प्रतिविम्ब हतपत गर्न नसकिए पनि साधन वा औजारको मद्दतले भने धुलिसात् गर्न सकिन्छ । यसमा विभिन्न सिद्धान्तको सहयोग र पूर्वकार्यको समीक्षा अनिवार्य हुन्छ ।
भर्खरै रिफ्लेक्टिभ टिचिङ डट को डट युकेले प्रतिविम्बात्मक शिक्षणसम्बन्धी पाठ्यसामग्री बाहिर ल्याएको छ । वास्तवमा प्रतिविम्बन स्वसिकाइको मार्ग हो । त्यसो त स्वसिकाइ शिक्षणमा मात्रै होइन, हरेक करिअरमा यसको अहंम भूमिका हुन्छ । किसान, मजदुर, मालिकदेखि विविध व्यावसायिक र पेशागत क्षेत्रमा यो रामवाण नै हो । किनकि यसले गल्ती, प्रयास, त्रुटि, कमजोरी, अवसर, चुनौती, यथार्थलगायतबाट लेसन लन्र्ट गर्दैगराउँदै वा स्वपृष्ठपोषित बनाउँदै भविष्यलाई लाभदायी बनाउन सहयोग गर्छ । यसैले प्रतिविम्बन सकारात्मकपेक्षी कार्य हो ।
मानिस अरू कारणले नभई आफ्नै कारणले समस्या पर्छ । अवसर पाउँछ । अगाडि आउँछ, बढ्छ । स्वसिकाइ जीवनको जड हो, यस मानेमा । भनिन्छ, जानेर कोही आउँदैन, गर्दै जान्ने हो ।
गार्डेनर(२०१०) ले बहुबुद्धि सिद्धान्तमा सिकारुले व्यक्तिभित्रका विविध पक्षको आधारमा प्रतिविम्बन गर्दै सिक्ने उल्लेख गरेका छन् । उनले इन्ट्रा पर्सोनल विश्वास, मूल्य, मान्यताको आधारमा सिकाइ गर्ने बताएका छन् । गार्डेनरको यस मान्यताका आधारमा शिक्षणका क्रममा शिक्षकले पनि सिकारुभmैं प्रतिविम्बन गर्दै सिक्न सक्छन् भन्ने ठहर गर्न सकिन्छ । शिक्षण बहुधु्रवीय प्रक्रिया भएकाले बहुपक्षमा शिक्षकको प्रतिविम्बन आवश्यक छ । माथि भनिएको थेसिसमा पनि शोधार्थीले आफ्ना क्लाइन्ट माथि बहुपक्षमा घोतलिएर प्राप्त प्रतिक्रियालाई सिद्धान्तको टेकोमा प्रमाणित गराएका छन् । कुनै पनि व्यक्ति प्रतिविम्बात्मक व्यावसायिक हुनुपर्छ । यसका लागि निश्चिय नै गुणहरूको आवश्यकता पर्छ । व्यक्तिले हामी को हौं, हामी के का लागि हौं भन्ने पहिचान गर्न आवश्यक छ । शिक्षकले सिकारुको विकासलाई बुझ्ने ल्याकत राख्नुपर्छ, यसैले उसमा नै सिकाइ चाहिन्छ । शिक्षणमा गुणयुक्तता ल्याउन प्रतिविम्बनको जरुरत छ । विश्वविद्यालयमा पढाइरहेका, विद्यालयमा पढाइरहेका शिक्षकलाई अझैसम्म पनि प्रभावकारी शिक्षण र सिकाइको प्रभावकारी सिद्धान्तबारे खासै थाहा छैन ।
वास्तवमा प्रतिविम्बनमा कन्टेक्सस, सम्बन्ध, संलग्नता, स्थान, पाठ्यक्रम, योजना, शिक्षण विधि, सञ्चार, मूल्यांकनले पनि प्रभाव पार्छ । यस्तै उपलब्धि, समावेशिता, सिकाइ अवसरहरूको अभिवृद्धि, विज्ञता व्यावसायिकतालगायतले पनि प्रभाव पार्छ ।

प्रतिक्रिया दिनुहोस्