Logo

आयात स्वीकृति नपाउँदा दशैंमा चिनी महँगिने

अर्थ मन्त्रालयले समयमा चिनी आयात गर्नका लागि स्वीकृत नदिँदा यो वर्ष दशैं तिहारमा बजारमा चिनीको अभाव भई मूल्य बढ्ने देखिएको छ ।
बजार मूल्य नियन्त्रण गर्नका लागि ३० हजार मेट्रिक टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयात गर्न अर्थ मन्त्रालयले स्वीकृत नदिँदा अभाव भई महँंगिने भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट्र टेडिङ कर्पाेरेसनमार्फत भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी चिनी आयात गर्नका गत ९ वैशाखमा प्रस्ताव पेस गरेको थियो । वाणिज्य मन्त्रालयले पटक पटक पत्राचार गरे पनि अर्थ मन्त्रालयले स्वीकृत नदिँदा चिनी आयात गर्न ढिलाइ भएको हो । मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीले अर्थ मन्त्रालयले चिनी आयातका लागि स्वीकृत नदिँदा प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी दिइन् । “५० प्रतिशत भन्सार छुटमा चिनी आयात गर्नका लागि सहमति दिनका लागि अर्थ मन्त्रालयमा चार महिना अघि प्रस्ताव पेस गरेका थियौं,” उनले भनिन्, “यो वर्ष चिनी उत्पादन कम भएको र समयमा आयात नहुँदा चाडपर्वमा अभाव हुन सक्छ ।”
चाडपर्वमा बजारमा चिनीको खपत बढ्ने हुँदा व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने सक्ने भन्दा बजार मूल्य नियन्त्रण गर्नका लागि कर्पाेरेसनमार्फत भन्सार छुटमा चिनी आयात हुँदै आएको छ । कर्पाेरेसनसँग चिनीको मौज्दात सकिएको छ । कर्पाेरेसनका अनुसार, चिनी आयात गर्नका लागि ४५ दिन लाग्ने गर्छ । कर्पाेरेसनका नायब कार्यकारी निर्देशक कुमारराज भन्डारीले चिनीको मौज्दात सकिन लागेको जानकारी दिए । अर्थ मन्त्रालयले तत्काल स्वीकृत दिए दशैंसम्म चिनी आयात गर्न सकिने तर ढिलाइ गरेर आयात गर्न नसकिने कर्पाेरेसनको भनाइ छ । चाडपर्वमा बजारमा चिनीको खपत धेरै हुने गर्छ । यो वर्ष मुलुकमा चिनीको उत्पादन कम भएकाले समयमा आयात नहुँदा बजारमा अभाव भई महँगो हुने देखिन्छ ।
यो वर्ष ८० हजार टन चिनीको उत्पादन कम भएको उद्योगीको भनाइ छ । मुलुकमा वार्षिक २ लाख ५० हजार टन चिनीको माग रहेकोमा यो वर्ष एक लाख १० हजार टनमात्र उत्पादन भएको चिनी उत्पादक संघको तथ्यांक छ । चिनी उत्पादन कम भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भन्सार सहुलियतमा ३० हजार टन चिनी आयात गर्नका लागि वाणिज्य मन्त्रालयले प्रस्ताव पेस गरेको थियो । अर्थ मन्त्रालयले स्वीकृति नदिँदा समयमा ल्याउन नसक्दा बजारमा अभाव हुने देखिएको हो ।
मुलुकमा वार्षिक २ लाख ५० हजार मेट्रिक टन माग रहे पनि गत वर्षदेखि नै उत्पादनमा कम आएको थियो । उद्योगीका अनुसार गत वर्ष नै ७० हजार मेट्रिक टन कम उत्पादन भएको थियो । बजारमा तीन महिना अघिदेखि नै चिनीको मूल्य बढेको छ । उद्योगीले प्रतिकेजी पाँच रुपैयाँ बढाएको बताए पनि बजारमा भने १० रुपैयाँ बढेको छ । बजारमा प्रतिकेजी ९० देखि ९५ रुपैयाँ खुद्रा मूल्य रहेको छ । खुद्रा व्यवसायीले पसलपिच्छे फरक फरक मूल्य लिँदा उपभोक्तालाई प्रत्यक्ष असर परेको छ ।

धानबाली विज्ञ बस्नेतको निधन
धान विज्ञ भोलामान सिंह बस्नेतको निधन भएको छ । कोरोना संक्रमणबाट उनको ७१ वर्षका उमेरमा शनिकार निधन भएको हो ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा उनले सेवा पु¥याएका थिए । सेवा निवृत्त भएपछि बस्नेत अन्तर्राष्ट्रिय धानबाली अनुसन्सधान केन्द्र (ईरी) का अनुसन्धानमा संलग्न थिए ।

नेपालमा असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने निर्णय गराउनमा उनको मुख्य भूमिका थियो । बस्नेतले नार्कबाट विकासित भएका प्रविधिकलाई किसानसम्म पु¥याउन महत्वपूर्ण योगदान पु-याएको नार्कले जनाएको छ । अवकाशपछि पनि बस्नेत कृषि क्षेत्रमा सक्रिय रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्