प्रभावित क्षेत्रलाई साहस उर्जा कम्पनीको आईपीओ बिक्री खुल्ला «

प्रभावित क्षेत्रलाई साहस उर्जा कम्पनीको आईपीओ बिक्री खुल्ला

साहस उर्जा कम्पनीले आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।


कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा ३५ लाख कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । उक्त आईपीओ आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुका लागि मात्र हो ।


आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा भदौ ११ गते र ढिलोमा भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।


कम्पनीलाई इक्रा नेपालले इक्राएनपीआईआर डबल बीप्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।


सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले ग्लोबल आईएमई बैंक, सल्लेरी सोलुखुम्बु, नेपाल इन्भेष्टमेन्ट बैंक लुक्ला, लक्ष्मी बैंक मुग्ली र नेले शाखा सोलुखुम्बु, माछापुच्छ्रे बैंक सल्लेरी, सोलुखुम्बु र प्राइम कमर्सियल बैंक रमिते शाखा, सोलुखुम्बुबाट र नेपाल धितोपत्रबोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्