सानिमा लाइफको आइपीओ बाँडफाँट «

सानिमा लाइफको आइपीओ बाँडफाँट

सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि बिक्रीमा ल्याएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन २० गतेदेखि २४ गतेसम्म निष्काशनमा ल्याएको सेयर शनिबार बाँडफाँट भएको हो । १० कित्ताको दरले ५ लाख ४० हजार जनाले मात्र गोलाप्रथामार्फत सेयर पाएका छन् ।
सानिमा आईपीओमा २४ लाख १९ हजार ८४८ बढीले आवेदन दिएका थिए । २३ लाख ८ हजार १२२ आवेदक योग्य थिए । एक लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएका छन् । योग्य आवेदकमध्येबाट ५ लाख ४० हजार आवेदकलाई १० कित्ताको दरले सेयर वितरण गरिएको हो ।


तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रुपैयाँ रकम बराबरको तीन करोड ६९ लाख ४३ हजार ४४० कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । उक्त कम्पनीकानुसार मागको तुलनामा ६ दशमलव ८४ गुणा बढीको आवेदन परेको थियो ।
कम्पनीले निष्कासन गरेको सेयरमध्ये तीन लाख कित्ता कर्मचारीलाई र अर्को तीन लाख कित्ता सामूहिक लगानी कोषलाई सुरक्षण गरी बाँकी ५४ लाख कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्