नेपाल व्यवस्थापन संघद्वारा ‘व्यवस्थापन जर्नल’ सार्वजनिक «

नेपाल व्यवस्थापन संघद्वारा ‘व्यवस्थापन जर्नल’ सार्वजनिक

नेपालका व्यवस्थापक, प्रशासक, प्राज्ञिक वर्ग, अनुसन्धानकर्ता, बैंकर्स तथा समग्र व्यवस्थापकीय क्षेत्रको साझा संगठनको रूपमा गौरवमय ४२ वर्षको इतिहास बोकेको नेपाल व्यवस्थापन संघले हरेक वर्ष कुनै निश्चित विषयमा आधारित खोज तथा अनुसन्धानमूलक जानकारी समेटेर पकाशन गर्दै आएको ‘व्यवस्थापन जर्नल’को ४० औं अंक शनिबार सार्वजनिक गरिएको छ ।


अनलाइन माध्यमबाट सञ्चालित एक समारोहकाबीच संघका पूर्वसभापति तथा नेपालका प्रसिद्ध भौतिक शास्त्री इञ्जिनियर अजित नारायण सिंह थापाले एक समारोहकाबीच व्यवस्थापन जर्नल सार्वजनिक गरेका हुन् ।


यसपटकको जर्नलमा ११७ पेजमा समेटिने गरी अनुसन्धानमूलक विषयमा आधारित १४ वटा लेख रचना समेटिएका छन । ४० औं अंकको रुपमा प्रकाशित व्यवस्थापन जर्नलको मुख्य सम्पादकको भूमिका यस वर्ष डा. हिरामणि घिमीरेले निर्वाह गरेका थिए । आजको कार्यक्रममा सम्पादकीय भूमिका निर्वाह गर्दा पछिल्लो समयमा कोरोनाका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव र यसको पुनरुत्थानमा कसरी स्पष्ट मार्गचित्र तय गर्न सकिन्छ भन्ने सन्दर्भमा जोड दिइएको प्रमुख सम्पादक डा. घिमिरेले जानकारी गराए । यसैगरी जर्नलमा समेटिएका विषयवस्तुका बारेमा संक्षिप्त विश्लेषण पेश गर्दे डा. दिलप्रसाद श्रेष्ठले नेपाल व्यवस्थापन संघ जस्तो गरिमामय संस्थाले उच्च स्तरिय विषयवस्तुमा जोड दिनुपर्ने वताए ।


उनले संघको पहलमा प्रकाशितजर्नल आइएसएस एनप्राप्त जर्नल भएकाले यसमा समेटिने विषयवस्तुको गुणस्तर निर्धारणमा कत्ति पनि कञ्चुस्याइँ गर्न नहुने पुनः दोहो¥याए ।


जर्नल सार्वजनिक कार्यक्रममा नेपाल व्यवस्थापन संघका वर्तमान सभापति तथा राष्ट्रिय वाणिज्य वैंककाप्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले अध्यक्षतागर्दे संघले सञ्चालन गरिरहेको विविध गतिविधिहरूका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमलाई नेपाल राष्ट्र बैंक कानिर्देशक तथा संघका प्रथम उपसभापति राजनविक्रम थापाले सहजीकरण गरेका थिए ।


हरेक बर्ष संघले व्यवस्थापकीय तथा अर्थशास्त्रीय दृष्टिकोणले बर्ष भरिकै महत्वपूर्ण तथा खास खास विषयमा व्यवस्थापन क्षेत्रका प्रभुद्ध व्यक्तित्व, अनुसन्धानकर्ता, प्राज्ञ आदीवाट प्राप्त विषयवस्तुहरूलाई व्यवस्थापन जर्नलमा प्रकाशन गर्दै आएको छ । नेपाल व्यवस्थापन संघ मुलुकभरि व्यवस्थापन विज्ञानको उपयोग गर्दे उक्तशिपलाईमुलुकको व्यवस्थापकिय समृद्धिमा परिचालन गर्न गैर नाफामुखी, गैर राजनीतिक विशुद्ध वौद्धिक क्रियाकलापहरूको प्रयोगशालाको रूपमा २०३५ सालमा स्थापित संस्थाहो । संघले विविध क्षेत्रमा तालिम, अनुसन्धान तथा व्यवस्थापकीय विकासमा अनवरत रुपमा सक्रिय भूमीका निर्वाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्