अशोक लिल्याण्डको दोस्त प्लस वीरगन्जमा सार्वजनिक «

अशोक लिल्याण्डको दोस्त प्लस वीरगन्जमा सार्वजनिक

 भारतीय सवारी साधन निर्माण कम्पनी अशोक लिल्याण्डको हलुका सवारी साधन दोस्त प्लस वीरगन्जमा बुधबार सार्वजनिक गरेको छ । थोरै परिमाणको सामान ओसार–पसार गर्नका लागि उपयुक्त लाइट कमर्सियल भेइकल (एलसीभी) को नयाँ मोडेलको नेपाल यातायात व्यवसायी महासंघका प्रदेश नम्बर २ का अध्यक्ष जगरनाथप्रसाद कलवार र अशोक लिल्याण्ड कम्पनीका सर्भिस हेड एवं उत्पादन प्रमुख तथा नेपाल प्रतिनिधि विप्लव पउलले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् ।
नेपालमा भएका हलुका सवारी साधनहरूमध्ये अहिले आएको यो दोस्त प्लस अन्यको दाँजोमा सबैभन्दा बढी भारवहन क्षमता भएको सवारी साधन रहेको सवारी साधन रहेको एलसीभी प्रोडक्ट इन्चार्ज प्रभात विक्रम विष्टले दाबी गरे । १५ इन्च टायरको आकार रहेको दोस्त प्लस पहिलो पटक खरिद गर्ने ग्राहकहरूको लागि दुईबर्ष ६ महिना सम्म वा १ लाख किलोमिटरसम्मको समयावधिमा मर्मतमा लाग्ने सम्पूर्ण खर्च निःशुल्क साथै क्यासलेस इन्स्योरेन्सको व्यवस्था पनि भएको आईएमई अटोमोबाइल्सका वीरगन्ज शाखाका प्रमुख बाबुराम शर्माले जानकारी दिए । ६० हर्जपावरको इञ्जिन क्षमता रहेको दोस्त प्लसमा झन्डै १४ क्वीण्टलसम्म लोड बोक्न सक्ने र यसको बजार मूल्य २० लाख ४० हजार छ । दोस्त प्लस हलुका सवारी साधन खरिद गर्ने ग्राहकहरूलाई सर्भिस र स्पेयर्स पार्ट्सको कुनै चिन्ता नहने पनि उनले विश्वास दिलाए । दोस्त प्लस सार्वजनिक गरेकै दिन वीरगन्जबाट तीनवटा गाडी बुकिङ भएको र एउटा बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्