एक वर्षमा २ सय घर परिवारले पाए राहत «

एक वर्षमा २ सय घर परिवारले पाए राहत


मुगु जिल्लामा रहेका चारवटा स्थानीय तहमा बस्दै आएका नागरिकहरूले बिभिन्न प्रकोपबाट पीडित २ सय घर परिवारले राहात पाएका छन् ।
नेपाल रेड्क्रस सोसाईटी शाखा मुगुबाट आ.व २०७७।०७८मा जिल्लाका बिभिन्न भागमा बस्दै आएका नागरिकहरूले विभिन्न प्रकोपबाट पीडित भएका छन् ।

बाढी पहिरोबाट १ सय २० घर परिवार, आलगालीबाट ५६ घर परिवार अपाङ्ग २ जना, हावाहुरीबाट ५ घर परिवार, गरिब तथा बिपत्न ११ जना, अन्य २ जना गरी जम्मा २ सय घर परिवारलाई नेपाल रेड्क्रस सोसाइटी शाखा मुगुले खाद्यान्न बाहेक अन्य कम्बल, लताकपडा, पाल, भाडावर्तन लगायतका १३ प्रकारका सामानहरू उपलब्ध गराएको छ ।


एक वर्षमा २ सय घर परिवारमा बस्दै आएका १ हजार ३ सय ९९ जना मानिसले राहात पाएका छन । भर्ने २ सय घर परिवारको जिल्ला प्रहरी कार्यालय मुगु र सरोकारवालाहरूको मुचुल्का अनुसार ३ करोड ९० लाख बरबरको धनजन सम्पत्तिको क्षति भएको एक रिपोर्टमार्फत देखिएको नेपाल रेड्क्रस सोसाइटी शाखा मुगुका मन्त्री रत्नसिंह मल्लले जानकारी दिएका छन् ।


सोही आर्थिक बर्षमा जिल्लामा रहेको २ सय ५० ज्येष्ठ नागरिक, ५० अपाङ्गता, ३० जना सुत्केरी, ६ जना गरिब, ७ जना अन्य गरी ३ सय जनालाई चिसोबाट बच्नका लागि कम्मल वितरणसमेत गरिएको मन्त्री मल्लले बताएका छन् ।

कोभिड–१९ भाइरसले मुगु जिल्लामा यसबाट बच्न र बचाउनका लागि अर्थात कोभिड १९ पूर्व तथारी तथा प्रतिकाय अनुसार जिल्लामा रहेको बस्तीहरूमा माकिङ्ग, रेडियोबाट जनचेतना फैलाउर्ने सन्देश प्रचारण गर्ने, नियमित साबुन पानी हातमुख धुर्ने, स्यानिटाइजर माक्स वितरण, सडक सन्जाल नजोडिएको बस्ती, जिल्ला अस्पता, नेपाल प्रहरीलगायत अन्य निकायलाई २३ थान स्टेचर सहयोग, जिल्लामा रहेको आयूसुलेसनमा ६ थान हाईजिनिक किट, जिल्ला खस्पताल र प्रहरी कार्यालय मुगुलाई डेथबडी ब्याकलगायत अन्य स्वास्थ्य सामग्री सहयोग गर्दै आइरहेको लकडाउनका समयमा खाना र बास बस्नमा समस्या परेको असाय, टुहुरा गरीव ब्याक्तिहरूलाई सहयोग गदै आईरहेको नेपाल रेड्क्रस सोसाइटी शाखा मुगु सभापति जयबहादुर मल्लले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्