साट्टे महोत्सवमा नेपाली पर्यटन व्यवसायी «

साट्टे महोत्सवमा नेपाली पर्यटन व्यवसायी

नयाँ दिल्ली(भारत) –धेरैभन्दा धेरै भारतीय पर्यटकहरूलाई नेपाल भिœयाउने उद्देश्यले नेपालका पर्यटन व्यवसायीहरूको भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको दक्षिण एसियाली पर्यटन महोत्सवमा उत्साहजनक सहभागिता जनाएका छन् ।
बुधबारबाट सुरु भएको साउथ ऐसियन टुरिजम एण्ड ट्रेड फेयर २०१९ मा नेपालबाट नेपाल टुरिजम बोर्ड(एनटीबी)को अगुवाईमा २७ वटा विभिन्न ट्राभल एन्ड टुर एजेन्टस, होटल, एअरलाइन्स मात्र सहभागी छैनन् । स्वस्फुर्त रूपमा काठमाडौं बाहिरका पर्यटन व्यवसायीहरूले समेत यो महोत्सवको महत्व बुझेर कार्यक्रममा सहभागिता जनाएका छन् । काठमाडांै बाहिरबाट पोखरा, चितवन, भैरहवा क्षेत्रका व्यवसायीहरू सहभागी छन्् ।
नेपालबाट सहभागी सबैको मुख्य उद्देश्य गुणस्तरीय भारतीय पर्यटकहरूलाई नेपाल भिœयाउनु रहेको छ ।
यो महोत्सवमा सहभागी हुनुको मुख्य उद्देश्य भनेको नै भारतीय पर्यटकहरूलाई नेपाल भिœाउनु रहेको नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक (योजना र अनुसन्धान विभाग) काशीराज भण्डारीले बताए । भारतीय पर्यटकहरूलाई नेपालमा आकर्षण गर्नका लागि बिटुबी प्लेटफर्मका रूपमा रहेको बताए । टुरिजम बोर्डसँगै, ट्राभल एजेन्सीहरू, होटल, व्यवसायी, नेपाल एअरलाईन्स, ट्रेकिङ एजेन्सी, समिट एअरलाइन्सलगायत २७ वटाले नेपाल मन्डपमा स्टल राखेका छन भने बाहिर छुट्टै ३ वटाले अलग स्टल राखेको भण्डारीले बताए । भारतीय पर्यटकहरूको वृद्धि नेपालमा गर्नुनै मुख्य उद्देश्य रहेको र बिगत लामो समयदेखि यो साट्टे पर्यटन महोत्सवमा सहभागी भइरहेको र यो महोत्सव पनि उपलब्धिमूलक भएको र नेपाली पर्यटन व्यवसायी उत्सातिह भएको आफूले पाएको भण्डारीको भनाइ छ ।
पर्यटन महोत्सवमा भिजिटरका रूपमा सहभागी जनाएका सिद्धार्थ होटल एसोसियसन लुम्बिनीका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ(सीपी)ले भारतीय पर्यटकहरूको गन्तव्य नेपाल बन्दै गएको परिप्रेक्षमा यो महोत्सव आफूहरूका लागि निकै राम्रो प्लेटफर्म भएको बताउँदै बढीभन्दा बढी भारतीय पर्यटकहरू नेपाल भिœयाउन यो प्रचारात्मक अभियान रहेको बताए ।
पूर्वाधारका बारेमा जिज्ञासा राखेको र धेरैले नेपाल सरकारले भारतीय २ सय, ५ सय र २ हजारको नोटमा प्रतिबन्ध लगाउँदा त्यहाँ जाने भारतीय पर्यटकहरूलाई अप्ठेरो पर्ने गरेको गुनासोसमेत गरेको श्रेष्ठको भनाइ छ ।
साट्टे महोत्सवमार्फत भारतीय पर्यटन व्यवसायीहरूलाई नेपालतर्फ आकर्षित गराउनु र यसमा नेपाली व्यवसायी सफल भएको नेपाल टुरीजम बोर्डका दिल्ली प्रतिनिधि प्रकाश पन्तले बताए ।
साट्टे महोत्सवमा दक्षिण एसियासँगै अन्य मुलुक गरी ५० बढी देशका ३ सय बढी पर्यटन सम्बघ स्टलहरूले आ–आफ्नो देशको पर्यटन प्याकेज प्रदर्शन गरेका छन् । सबैको उद्देश्य भारतीय पर्यटकलाई आ–आफ्नो देशमा लैजानु हो ।

 

प्रतिक्रिया दिनुहोस्