भिभोको प्राथमिकतामा नेपाली बजार «

भिभोको प्राथमिकतामा नेपाली बजार

चिनियाँ टेक कम्पनी भिभोले नेपालमा बजार विस्तारलाई प्राथमिकतामा राख्न थालेको छ । विश्व बजारमा पहिले इन स्क्रीन फिंगरप्रिन्ट भएको फोन सार्वजनिक गरेर चर्चा कमाइरहेको कम्पनीले नेपालमा थप तीन मोडेलका स्मार्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले यही जनवरीभित्र मिड रेन्ज र बजेट स्मार्टफोनहरु सार्वजनकि गर्ने तयारी गरेको हो । जसअनुसार वाइ सिरिजका तीन स्मार्टफोन वाई ९१ आई, वाई ९१ र वाई ९५ स्मार्टफोन जनवरीको अन्तिम साता नेपाली बजारमा भित्रनेछन् । यी स्मार्टफोन ब्याट्रि व्याकअप राम्रो भएको र स्क्रीनमा उत्कृष्ट तथा सस्तो मूल्यमा पाइने कम्पनी स्रोतले जनाएको छ ।
भीभोले ‘बिगर ब्याट्री, मोर फन’ स्लोगन राखेर नेपालमा बजारीकरणलाई तिव्रता दिएको छ । नेपाली बजारमा भित्रन लागेका स्मार्टफोनभध्ये भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ । दुवैमा १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ भने फिंगरप्रिन्ट सेन्सर पछाडि राखिएको छ । दुवै फोन वाटरड्रप नोच डिजाइनमा छन् । भीभो वाई ९१ आई मा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा, ४०३० एमएएचको ब्याट्री, हेलियो पी २२ अक्टा कोर प्रोसेसर, एन्ड्रोयड ८.१ मा आधारित फनटच ४.५ ओएस लगाएतका फिचर छन् । भिभो वाई ९१ स्मार्टफोनको फ्रन्ट क्यामरा, ब्याट्रिर प्रोसेसर उही फिचरका छन् ।
भिभो वाई ९१ आईमा २ जीबी -याम र ३२ जीबी स्टोरेज हुनेछ भने वाई ९१ स्मार्टफोनमा २ जीबी -याम र ६४ जीबीको आन्तरिक स्टोरेजको भेरियन्ट नेपालमा पाइनेछन् । दुवै स्मार्टफोनमा स्टोरेज माइक्रो एसडी कार्डबाट बढाउन सकिने सुविधा छ । नेपाली बजारमा यी स्मार्टफोनहरु ओसियन ब्लू र स्टेरी ब्ल्याक कलर अप्सनमा आउन सक्नेछन् । कम्पनीले दुवै स्मार्टफोनको आधिकारिक मूल्य तोकेको छैन । तर नेपाली बजारमा वाई ९१ को मूल्य २५ हजार रुपैयाँभन्दा तल नै हुने तथा वाई ९१ आईको बजार मूल्य २० हजार रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।
भीभोले अर्को स्मार्टफोन वाइ ९५ पनि नेपालमा भित्र्याउन थालेको छ । यो स्मार्टफोन वाइ ९१ र वाइ ९१ आइ भन्दा माथिल्लो रेन्जको हुनेछ । अन्य स्फेसिफिकेसन दुई फोनको जस्तै रहने वाइ ९५ मा प्रोसेसर, स्टोरेज, -याम र क्यामरा क्वालीटी थप गुणस्तरको हुनेछ । यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर, ४ जीबी -याम र ६४ जीबी आन्तरिक स्टोरेज, २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुने कम्पनीले जनाएको छ । वाई ९५ स्मार्टफोनको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँभन्दा कम हुने अनुमान गरिएको छ । यद्यपी आधिकारिक मूल्य भने सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्