स्थायी राजधानी माग्दै धनकुटामा विरोध प्रदर्शन «

स्थायी राजधानी माग्दै धनकुटामा विरोध प्रदर्शन

धनकुटा-प्रदेश नम्बर १ को स्थायी राजधानी धनकुटालाई बनाउन माग गर्दै धनकुटामा बिहीबार विरोध प्रदर्शन गरिएको छ । स्रोतसाधन तथा भौतिक पूर्वाधारले सम्पन धनकुटालाई राजधानी घोषणा गर्न माग गर्दै ‘राजधानी धनकुटा बनाऊ’ अभियान समितिले विरोध -याली निकालेको हो ।
विरोध सभालाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ धनकुटाकी उपाध्यक्ष एवं नेकपाकी नेतृ तारा तितुङ्गले धनकुटालाई राजधानी बनाउनका लागि अब महिलाहरु सडकमा आउनुपर्ने बताइन् । नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले स्रोतसाधन र भौतिक पूर्वाधारले सम्पन धनकुटालाई राजधानी घोषण नगरिए धनकुटेलीको आन्दोलन अझ सशक्त हुने बताए । प्रदेश सांसद आरसी तुम्वाले धनकुटालाई राजधानी बनाउनका लागि आफूले प्रदेश सभामा खबरदारी जारी राख्ने बताए ।
अभियानका संयोजक सुन्दरबाबु श्रेष्ठले धनकुटाको अधिकार खोसिएको दिन धनकुटाका लागि कालो दिन भएको बताउँदै राजधानी मागको आन्दोलन अब निर्णयक हुने उद्घोष गरे ।

 

प्रतिक्रिया दिनुहोस्