मकवानपुर गढीमा विजयोत्सवको तयारी «

मकवानपुर गढीमा विजयोत्सवको तयारी

हेटौंडा-दुई सय वर्षअघि गोर्खाली सेनाले अंगे्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा विजयोत्सव मनाउने तयारी गरिएको छ । वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा माघ १० गते मकवानपुरगढी किल्लामा एक समारोहका बीच विजयोत्सव मनाउने तयारी गरिएको हो ।दुई सय वर्षअघि गोर्खाली सेनाले अंगे्रेज फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला मकवानपुरगढीमा विजयोत्सव मनाउने तयारी गरिएको छ । वि.सं. १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई सोही किल्लाबाट पराजित गरिएको सम्झनामा माघ १० गते मकवानपुरगढी किल्लामा एक समारोहका बीच विजयोत्सव मनाउने तयारी गरिएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले समारोहको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । मकवानपुर गढी गाउँपालिकाले विजयोत्सव मनाउनको लागि तयारी अन्तिम चरणमा पु¥याएको जनाएको छ । विजयोत्सवको अवसरमा राष्ट्रियस्तरको हाफ म्याराथुन र साइक्लिङ प्रतियोगिता पनि राखिएको छ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गरी गाउँपालिकाले माघ ५ गते साइक्लिङ र ९ गते सयौंको सहभागितामा हाफ म्याराथुन प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।मकवानपुर गढीलाई बृहत् विजय स्मारकका रूपमा अगाडि बढाइने योजना संघीय, प्रदेश र स्थानीय सरकारले लिएको छ । मकवानपुरगढीको दरबार, विजय तथा एकीकरण पार्क, सानो गढी र ढुङ्गे गढीको जिर्णोद्धार गरी विजय स्मारक बनाउने योजनाका साथ काम सुरु हुन लागेको छ । नेपालको महत्वपूर्ण इतिहाससँग जोडिएको मकवानपुर गढीमा केही वर्षदेखि माघ १० गते विजयोत्सव मनाउन थालिएको हो । ३ हजारको संख्यामा रहेको अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अगाडि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेका थिए । सरकारले घोषणा गरेका एक सय पर्यटकीय स्थलभित्र मकवानपुर गढीलाई पनि राखिएको छ । मकवानपुरगढीको पहिलो किल्लाको रुपमा रहेको विजयी किल्ला तथा एकीकरण किल्लालाई विजयी तथा एकता पार्कको रूपमा विकास गरेर पदमार्ग सुरु गरिने योजना गाउँपालिकाले लिएको छ । उक्त किल्लामा गोर्खा फौजले जितेपछि देशभरिकै राज्यलाई एकीकरणको सुरुवात भएको थियो । त्यसकारण पनि उक्त किल्लालाई एकता किल्लाको रूपमा पनि इतिहासमा बुझ्ने गरेको पाइन्छ ।उक्त स्थानमा तत्कालीन मकवानपरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन् । उक्त चौतरा अझै पनि रहेको छ । उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् । चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्द सेनको दरबार थियो । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो । हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ ।देशकै सबैभन्दा ठूलो गढीको रुपमा रहेको मकवानपुरगढी करिब १ सय ३५ रोपनी क्षेत्रमा फैलिएको छ । मकवानपुरगढी दरबार १६१० मा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको इतिहासकारहरु बताउँछन् । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट करिब १६ किलोमिटर उत्तरपूर्वमा मकवानपुरगढी अवस्थित छ । मकवानपुर गढीको विकास लागि चालु आवमा संघीय सरकारले ८० लाख, प्रदेश सरकारले ५० लाख र मकवानपुरगढी गाउँपालिकाले १५ लाख गरी १ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्