नेपाल र अष्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता «

नेपाल र अष्ट्रेलियाबीच कमला नदीको ‘स्टेट अफ दी बेसिन’ सम्झौता

नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको स्टेट अफ दी बेसिन प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागरकुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारीपत्रमा हस्ताक्षर गरे ।


नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताए । उनले यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको जानकारी दिए । सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसावमा, चुरे दोहन रोक्ने लगायतका हिसावमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताए ।

यो समझदारीपत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको उनको भनाइ छ । जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अष्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताए । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्