सनराईज बैंकका २ वटा शाखारहित बैंकिङ सेवा सुरू «

सनराईज बैंकका २ वटा शाखारहित बैंकिङ सेवा सुरू

सन्राइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु-याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले सुदूरपश्चिम प्रदेशको कैलालीस्थित चुरे गाउँपालिका–५ खानीडाँडामा ८४औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।
त्यसैगरी बैंकले बाग्मती प्रदेशस्थित नुवाकोट जिल्लाको विदुर नगरपालिका–१२ गौरीबेशीमा ८३औं शाखारहित बैंकिङ सेवाको सुरु गरेको हो । सो शाखारहित बैंकिङ सेवाहरु सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८४ पुगेको छ ।
बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागी खानीडाँडाको स्थानीय व्यवसायी कविता जिसी भाट र गौरीबेशीका रविन्द्र घिमिरेलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको जनाएको छ । शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीलगायतका सेवाहरु उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम र ८४ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्