समृद्धि फाइनान्सको टिकटक भिडियो प्रतियोगिता «

समृद्धि फाइनान्सको टिकटक भिडियो प्रतियोगिता

समृद्धि फाइनान्सले टिकटक भिडियो च्यालेञ्ज सञ्चालनमा ल्याएको छ । एक महिनासम्म सञ्चालन हुने च्यालेञ्जमा नेपाली नागरिक सहभागी हुन पाउने छन् । फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले सोही जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ ।
उक्त च्यालेञ्जमा भाग लिएका व्यक्तिले कम्तीमा पाँच जना साथीलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियो समृद्धि फाइनान्सले आफ्नो सोसल मिडियामा प्रयोग गर्ने जनाएको छ । साथै सबैभन्दा बढी भ्युज हुने उत्कृष्ट तीन जनालाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँ पुरस्कार दिने फाइनान्स कम्पनीका व्यापार विकास प्रमुख शालिकराम पन्थीले जानकारी दिए ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्सले आईपीएस, कनेक्टआईपीएस, रेमिटान्स, क्लियरिङलगायतका बैंकिङ र मोवाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड कर्पोरेट पे जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको जनाएको छ ।
निक्षेपमा आकर्षक व्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग, व्यवसाय, व्यक्तिगतलगायतका कर्जा प्रवाह गरिरहेको छ । हाल पाँच वटा शाखामार्फत कारोबार गर्दै आएको उक्त संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्