इसेवाको नयाँ योजना, ५ सय बढी एसइई पास विद्यार्थीले छात्रवृत्ति पाउने

इसेवाले एसइई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार ५ सय बढी विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । आगामी भदौ १५ गतेसम्म यो योजना सञ्चालन हुने कम्पनीको भनाइ छ ।
छात्रवृत्ति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा पाउन सकिनेछ ।
विद्यार्थीहरूले जेभियर इन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेशनल कलेज, विराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृत्ति पाउने छन् ।
इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर पाउनेछन् । छात्रवृत्तिका लागि विद्यार्थीहरूले इसेवा मोबाइल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । यसका लागि ३० भुक्तानी गर्नुपर्नेछ । यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा उक्त रकम टपअप हुनेछ । छात्रवृत्तिमा समावेश भएका विद्यार्थीले छात्रवृति दावी गर्नका लागि आफ्नो एसईई पास भएको कागजात पेश गर्नुपर्नेछ ।