बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचीकृत «

बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचीकृत

बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले गत मंसिर २४ गतेदेखि २९ गतेसम्म विक्री गरी पुस ८ गते बाँडफाँट गरेको १६ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो ।
आइतबारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्र धनीले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंकले दश वर्षे अवधिको वार्षिक ८.५० प्रतिशत ब्याजदको ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गराएको हो ।
ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । बैंकले कुल कित्ता ऋणपत्रमध्य सर्वसाधारण समूहलाई ६ लाख ४० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत र ९ लाख ६० हजार कित्ता विभिन्न संघसंस्थालाई परिपत्र विधिबाट बिक्री गरेको हो ।

प्रतिक्रिया दिनुहोस्