नेपाल हस्तकला महासंघमा नयाँ कार्यसमिति «

नेपाल हस्तकला महासंघमा नयाँ कार्यसमिति

 नेपाल हस्तकला महासंघको ३८ औं वार्षिक साधारणसभाले सुरेन्द्रभाइ शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । महासंघको विधान २०६३ अनुसार पूर्वनिर्धारित समय तालिकाबमोजिम नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा ३ वर्षको पदावधि हुने २५ सदस्यीय कार्यसमिति चयन गरेको महासघंले जनाएको छ । एकजना निवर्तमान अध्यक्ष र एक जना महिलासहित २ जना कार्यसमिति सदस्य, अध्यक्षबाट कार्यसमितिको परामर्शमा मनोनयन गर्ने व्यवस्था रहेकामा नेपाल हस्तकला महासंघको नवगठित कार्यसमितिमा अभ्यक्ष सुरेन्द्रभाइ शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य, उपाध्यक्षहरू दीपेन्द्र शाक्य, सनम शाक्य, रवीन्द्र शाक्य, राजमान बज्राचार्य र सुनिल चित्रकार छन् ।

 

प्रतिक्रिया दिनुहोस्