बुद्ध एयरले दुई थान न्यारोवडी जहाज खरिद गर्ने «

बुद्ध एयरले दुई थान न्यारोवडी जहाज खरिद गर्ने

बुद्ध एयरले आगामी वर्ष दुई थान न्यारोवडी जहाज खरिद गरेर अन्तर्राष्ट्रिय उडानमा आक्रामक हुने घोषणा गरेको छ । बुद्ध एयरले आगामी ०७७ साल भदौभित्र दुई थान न्यारोवडी जहाज खरिद गरिसक्ने समेत घोषणा गरेको छ । काठमाडौंबाट बुद्धले भारतका विभिन्न सहरमा उडान गर्नेसमेत जनाएको छ ।
पहिलो चरणमा काठमाडौंबाटै गर्ने र दोस्रो चरणमा अन्तर्राष्ट्रिय उडान पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने समेत बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
“हामीले अहिले बोइङ र एयरवस दुवै कुन खरिद गर्ने भन्ने विषय टुंग्याउने चरणमा रहेको छांै,” प्रवन्ध निर्देशक बस्नेतले भने । अहिले नेपाल आउने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले बोक्ने यात्रु ६५ देखि ७० प्रतिशत नेपाली कामदार रहेकोले उक्त एयरलाइन्सहरूसँग बुद्ध एयरको प्रतिस्प्रर्धा नहुने समेत बस्नेतले प्रष्ट पारेका छन् ।
उनले अन्तर्राष्ट्रिय कम्पनीलाई भने छुट्याएर पव्लिक कम्पनी बनाउने समेत जानकारी दिए । “हामीले एफपीओ जारी गरेर अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी बनाउने छौं,” बस्नेतले भने । पहिलो चरणमा कोलकत्ताको उडान परीक्षण भएकाले सफल हुने बित्तिकै दुई ठूला विमान खरिद गरेर अगाडि बढ्ने बस्नेतले जानकारी दिए । विगत २१ वर्ष अगाडि स्थापना भएको बुद्ध एयर आन्तरिक उडानमा पहिलो नम्बरमा छ । बुद्धले हाल ११ वटा जहाजमार्फत १५ गन्तव्यमा दैनिक उडान भर्दै आएको छ । “हामी अब अन्तर्राष्ट्रिय तयार भएका छौं, जुन हाम्रो कर्तव्य पनि हो,” बस्नेतले भने ।

बुद्ध एयरले वैशाखदेखि कोलकाता उडान थाल्ने
बुद्ध एयरले आगामी वैशाख २ गतेदेखि कोलकाता उडान सुरु गर्ने घोषणा गरेको छ । बंगाली पर्यटक नेपाल ल्याउने उद्देश्यले सातामा तीन उडान सुरु गर्न लागेको बुद्ध एयरले जनाएको छ ।
आन्तरिक उडानमा अव्वल बुद्ध एयरले सोमबार, बुधबार र शुक्रबार काठमाडौं–कोलकाता–काठमाडौं उडान भर्न लागेको हो । बुद्ध एयरले एटिआर–७२ विमानबाट उडान भर्न लागेको बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए । “हामीले ठूलै जोखिम उठाएर कोलकत्ता उडान गर्न सुरु गर्न लागेका छौं,” बस्नेतले भने । बुद्ध एयरले पछिल्लो समय बनारस पनि सातामा तीन वटा उडान गरिरहेको छ । विगतमा भुटानको पारो र लखनौसमेत उडान गरेको बुद्ध एयरले पछि पारो र लखनौको उडान रद्द गरेको थियो । कोलकाता विगतमा जस्तो पछाडी फर्कन नपर्ने आशाले अगाडि बढेको समेत बस्नेतले जानकारी दिए ।
बुद्धले सातामा ८ सयभन्दा बढी उडान गर्नेछ । जसमा कोलकाता ६ वटा उडान भारतीय अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०१७ मा २ करोड ४० लाख भारतीय नागरिक पर्यटकका रुपमा बाहिरिएका थिए । सन् २०२५ को प्रक्षेपण ४ करोड २० लाख रहेको छ । “हाम्रो ध्यान प्याकेज दिएर पर्यटक ल्याउने हो,” बस्नेतले भने ।

प्रतिक्रिया दिनुहोस्