जेट्लीलाई क्यान्सर «

जेट्लीलाई क्यान्सर

नयाँ दिल्ली-भारतका केन्द्रीय वित्त मन्त्री अरुण जेट्लीलाई ‘सफ्ट टिस्यू सरकोमा’ नामको दुर्लभ क्यान्स भएको पत्ता लागेको छ । उनी उपरचारका लागि अमेरिका गएका छन् । वित्त मन्त्रालय अन्तरिम बजेटको तयारीमा लागेकै समयमा जेट्लीलाई अमेरिका जान परेको छ । यो हालको मोदी सरकारको कार्यकालको अन्तिम बजेट हो । एक सुत्रका अनुसार जेट्लीले सम्भवतः १ फ्रेबु्रअरीमा अन्तरिम बजेट पेश गर्न सक्ने छैनन् । ३१ जनवरीमा बजेट सत्र सुरु हुने भएको छ । यसैगरी भाजपा अध्यक्ष अमित शाहको पनि स्वाइन फ्लू भएकाले बुधबारनै दिल्ली एम्स अस्पतालमा भर्ना भएका छन् । शाहले यो जानकारी ट्वीट गरेका छन् ।
६६ वर्षका जेट्लीको गत १४ मे महिनामा एम्समा मृगौलाको प्रत्यारोपण गरिएको थियो । उनी आइतबार अमेरिका प्रस्थान गर्दा मृगौलाको बिमारीसँग सम्बन्धि रोगको उपचारका लागि गएको अनुमान लगाइएको थियो । उनी फर्कने समयको बारेमा केही खुलाइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्