रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत «

रेल सञ्चालनबाट अलग हुने भारतीय कम्पनीको संकेत


कुर्था–जयनगर रेल सञ्चालनका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएकोमा भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले सम्झौताबाट बाहिरिने संकेत गरेको छ ।
बुधबार नेपाल रेलवे कम्पनीका महाप्रबन्धकसहित सरोकारवाला निकायलाई पठाएको पत्रमा यस्तो ढिलाइ हुँदै गए आफ्नो कम्पनी सम्झौताबाट बाहिरिने संकेत पनि दिएको हो ।

पाँच महिनाअघि मे २१, २०२१ मा नेपाल रेलवे कम्पनी र भारतीय रेल्वे कम्पनीबीच जयनगर–कुर्थामा रेल सञ्चालनको सम्झौता भएको थियो । सो सम्झौता अनुसार नेपालले वार्षिक ३५ करोड रुपैयाँ दिने तथा यसका लागि आवश्यकमध्ये २६ जनशक्ति कम्पनीबाट बेहोर्ने उल्लेख छ । तर सम्झौता भएको लामो समय बित्दा पनि अग्रिम रुपमा दिनुपर्ने २० प्रतिशत रकम भुक्तानी नदिएकोले गर्दा सम्झौता अघि बढाउन नसक्नेतर्फ कम्पनीले संकेत गरेको हो ।


नेपालमा रेल सञ्चालनको लागि अनिश्चितता देखिएको र लामो समय हुँदा पनि सञ्चालनमा लागि प्रकृया अगाडि बढ्न नसकेको बताउँदै पत्रमा रेल सञ्चालनको लागि गरिएको सम्झौताअनुसार अबका दिनमा सोही दरमा रेल सञ्चालन गर्न नसकिने पत्रमा उल्लेख गरेको छ । भारतीय रेल्वे कम्पनीले नेपालमा ल्याउने विज्ञलाई पनि लामो समय भूमिकाविहीन बनाएर राख्न नसकिने बताएको छ ।


कम्पनीले जनवरी १९ मा रेलको डेमो सञ्चालनको लागि प्रस्ताव गरेको थियो । नेपाली कम्पनीले व्यावसायिक मर्मतको लागि प्रस्ताव गरेको थियो । नेपाल रेल्वे र विभाग मिलेर भारतको रेल्व कम्पनीलाई कम रेटमा रेल सञ्चालन गर्ने सुझाउँदै सम्झौता गर्न दबाब दिएको र कम दरमा सम्झौता भएको जनाएको छ । सम्झौता अनुसार २० प्रतिशत अग्रिम भुक्तानी गर्ने भनेर आपसी सम्झौता भएको थियो ।

तर कम्पनीले सम्झौता बमोजिम भुक्तानी पठाउने तयारी गर्दा कम्पनीका महाप्रबन्धकलाई स्पष्टीकरण सोधेकाले भुक्तानी गर्न नकिएको बुधबारमात्र राजीनामा दिएका महाप्रबन्धक गुरु भट्टराईले बताएका थिए । तर सम्झौता बमोजिमको रकम उनले राजीनामा दिनुअघि नै भुक्तानी गर्नुपर्ने भएपनि हालसम्म हुन सकेको छैन ।


नेपालले रेल सञ्चालनका लागि १० महिना अघि करिब ८५ करोड खर्चेर दुई थान रेलको डब्बा खरिद गरेको थियो तर प्रकृयागत ढिलाइको कारणले अझै सञ्चालनमा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्