अमेरिकामा ट्रम्पको राजिनामाको हल्ला फैलाइयो «

अमेरिकामा ट्रम्पको राजिनामाको हल्ला फैलाइयो

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बिरोधीले बुधबार अमेरिकामा अचम्मको व्यवहार देखाएका छन् । उनीहरुले ट्रम्पले पदबाट राजिनामा दिएको हल्ला फैलाए र वासिङटन पोष्टको नक्कली विशेष संस्करणमा यो समाचार छापेर वासिङटन डिसीको मुख्य सहरी इलाकामा ह्वाइट हाउसको चारैतर्फ पत्रिकालाई बाडिदिएका छन् । द वासिङटन पोष्टको यो नक्कली संस्करणको मुख्यपृष्ठमा ६ कोलममा राजिनामाको मुख्य खबर बनाइएको थयो । समाचारको शीर्षकमा ‘अनप्रेसिडेन्टःट्रम्प हास्टली डिपार्ट्स ह्वाइट हाउस, इन्डिङ क्राइसिस’ लेखिएको थियो । यो समाचारमा ट्रम्प ३० अप्रिल २०१९ मा ह्वाइट हाउस छोड्दैछन् भन्ने लेखिएको थियो ।
यद्यपि अखबार छाप्ने मानिसको ठाउँमा १ मे २०१९ लेखिएको थियो । समाचारमा लेखिएको थियो,“उपराष्ट्रपति माइक पेन्स आफ्नी हजुरआमाको बाइबलमा हात राखेर आगामी राष्ट्रपतिको सपथ ग्रहण गर्नेछन् ।” ह्वाइट हाउसको १७ औं कुना तथा पेन्सिल्भानियाको एभेन्यूमा एक महिला मानिसलाई बोलाई बोाईकन सित्तैमा यो अखबार बाड्दै थिइन्. । वासिङटन पोष्टलाई राष्ट्रपति ट्रम्पले कैयौ पटक भ्रामक समाचार प्रकाशित गर्ने मिडिया भएको बताइसकेका छन् । तर बुधबार वासिङटन पोष्टका प्रबन्धकले तत्काल ट्रम्पको राजिनामाको समाचार गलत भएको बताउदै ट्वीटको माध्यमबाट अखबार नक्कली भएको जानकारी दिएका थिए ।

राजिनामामा नयाँ दिल्लीमा खुसी मनाइएको दावी
नक्कली वासिङटन पोष्टको मुख्य खबरको एक अंशमा ट्रम्पको राजिनामापछि पुरै विश्वमा खुसी मनाइएको उल्लेख गरिएको छ । समाचारमा भनिएको छ,“ट्रम्पको राजिनामापछि नयाँ दिल्लीमा खुसी मनाइएको दावी गरिएको छ ।” विगतका केही दिनमा भारतले अफगानिस्तानमा गरिरहेको कामप्रति ट्रम्पले खिल्ली उडाउदै आएका थिए । नक्कली अखबारमा अन्य कैयौ रिपोर्टरको नामबाट पनि लेख छापिएको थियो । जसमा भारतवंशी अमेरिकी पत्रकार हरिता जडेजा तथा सुजन पटेलको नाम पनि थियो । एक लेख एपीको हवाला दिँदै लेखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्