महाप्रबन्धक भट्टराईले दिए राजीनामा «

महाप्रबन्धक भट्टराईले दिए राजीनामा


रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । करिब १३ महिना अगाडि तत्कालीन केपी शर्मा ओली सरकारले भट्टराईलाई २ वर्षका लागि नियुक्त गरेको थियो ।

भट्टराईले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले राजीनामा पत्रमा भनेका छन्,नेपाल ‘रेल्वे कम्पनीलाई पुनर्जीवित गराएको र पहिलो चरणमा जयनगर–कुर्था खण्ड यात्रु रेल सेवा सञ्चालनको अवस्थामा पु¥याएको उल्लेख गरेका छन् ।


नेपालमा रेल आधुनिक प्रविधिमा भित्र्याउन र प्राविधिक जनशक्ति उत्पादनका लागि उत्पादन गर्ने काममा योगदान पु¥याएर नेपाल आधुनिक रेल युगमा पु¥याउन सफल भएको पत्रमा उल्लेख गरेका छन् ।

सरकारले साउन १९ मा स्पष्टीकरण सोधेको थियो । सरकारले कार्यसम्पादनमा प्रश्न गर्नुभन्दा सामाजिक सञ्जालमा मेरा निजी विचारमाथि प्रश्न गर्दै सरकारले स्पष्टीकरण सोधेकाले उनले सोमबार पत्रकार भेटघाटमा स्पष्टीकरण नदिने जनाएका थिए ।

कानुनविपरीत निजी विचारलाई आधार बनाएर स्पष्टीकरण सोधिएकाले सरकारलाई जवाफ नदिने बताएका थिए । उनले स्पष्टीकरण दिनुपर्ने समयअवधि मंगलबारसम्म रहेकाले गर्दा त्यसपछि राजीनामाका बारेमा निर्णय गर्ने जनाएका थिए ।


गत असार २८ मा सरकारल भट्टराईलाई कम्पनीको महाप्रबन्धकमा नियुक्त गरेको थियो । सरकारले नेतृत्व परिवर्ततको नियोजित योजना मुताविक स्पष्टिकरण सोधेकोले यसले रेल सञ्चालनमा केही ढिलाइ हुने उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्