लुम्बिनीमा नयाँ सरकारका लागि प्रस्ताव आह्वान «

लुम्बिनीमा नयाँ सरकारका लागि प्रस्ताव आह्वान

बुटवल– लुम्बिनीको मुख्यमन्त्रीका लागि दावी पेस गर्न प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनममा बहुमत प्रपात गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि शेरचनले आह्वान गरेका हुन् ।
मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शेरचनले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन् । यसअघि प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्तावसम्बन्धी कारबाही अघि बढाउनका लागि बुधबारका लागि विशेष अधिवेशन बोलाइएको थियो । तर बुधबार नै पोखरेलले राजीनामा दिएपछि लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको आधिकारिक जानकारी प्रदेशसभाले पाएपछि अधिवेशन अन्त्य भएको हो । दिउँसो एक बजेर १० मिनेट जाँदा पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएका थिए । उक्त पत्रको आधिकारिक जानकारी प्रदेशसभामा नआएको भन्दै पूर्व निर्धारित तालिका अनुसार १ बजेदेखि विशेष अधिवेशन सुरु भएको थियो ।
अधिवेशनमा अविश्वासको प्रस्ताव टेबल भएको भयो र त्यसपछि एक घण्टाका लागि अधिवेशन स्थगित भएको थियो । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभाको दोस्रो बैठक सुरु गर्दै मुख्यमन्त्रीको राजीनामा पत्र पढेर सुनाएपछि विशेष अधिवेशन सकिएको छ ।
संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शंकर पोखरेल मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्